गैंडाकोट ७ गैरीमा अवस्थित हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको परिसरमा पुष्प वाटिका निर्माण गरिने

0


कात्तिक १, गैंडाकोट ।

गैंडाकोट ७ गैरीमा अवस्थित हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको परिसरमा पुष्प वाटिका निर्माण गर्ने सोचका साथ फूलहरु रोपीएको छ ।

घटस्थापनाको दिन वडा नम्बर ७ का वडा अध्यक्ष चोलानाथ उपाध्यायको प्रमुख आतिथ्यतामा पुष्प वाटिका निर्माण गर्ने सोचका साथ फूलहरु रोपण गरिएको जनाईएको छ । कार्यक्रममा हनुमान मन्दिरका अध्यक्ष टिकाराम सापकोटा ,हरिहर टोल विकास संस्थाका अध्यक्ष सरस्वती घिमिरे , नारायणी सामुदायिक वनका अध्यक्ष दिनानाथ त्रिपाठी ,समाजसेवी प्रेमप्रसाद सापकोटा, खिमानन्द कंडेल, नारायण पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै मन्दिर परिसरमा फूलबारी बनाउने कार्य त्यो पनि स्थानीयहरुको सहभागितामा अत्यन्तै महत्वपूर्ण र सम्माननिय कार्य भएको बताउनुभयो । उहाँले यसको संरक्षण गर्दै जानू र निरन्तरता दिनु पर्ने समेत बताउनुभएको थियो ।

मन्दिर परिसर सरसफाइ एवं पुष्प बाटिका निर्माणका लागि स्थानीय बासीहरुले श्रमदान एवं फूल तथा गोबर मल प्रदान गर्नु भएको थियो ।टोल विकास संस्थाका प्रतिनिधि एवं स्थानीयको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण हरिहर टोल विकास संस्थाका सचीव भानु सापकोटाले गर्नुभएको थियो भने हरिहर मन्दिरका अध्यक्ष होमनाथ सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Share.

Leave A Reply