मौलाकालिका मन्दिर परिसर सरसफाई तथा विरुवा गोडमेल

0


कात्तिक १, गैंडाकोट ।

लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिकाले आज धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैडाकोट परिसरको सरसफाई गरेको छ । सो कार्यमा डीडीआरएफ गैडाकोट नवलपुरले सहयोग गरेको थियो ।

घटस्थापनाको दिन मन्दिर परिसर सरसफाईमा जुट्दा सकारात्मक उर्जा प्राप्त भएको लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाले बताउनुभयो । क्लबका पुर्व अध्यक्ष बिनोद पन्तले रोप्नुभन्दा संरक्षण गर्नु अझ जरुरी भएकाले बिरुवाको गोडमेल गरिएको बताउनुभयो । क्लबले गत श्रावण १० गते मन्दिर परिसर नजिकै बिभिन्न जातका औषधिय विरुवा रोपेकोे थियो ।

क्लबका पुर्व अध्यक्ष भक्तीप्रसाद चालिसेका अनुसार पर्यावरण संरक्षण कार्यक्रम अन्र्तगत आज सरसफाई कार्यक्रम गरिएको हो । दुबै क्लबले मौलाकालिका मन्दिर सरसफाईका लागि धार्मिक सेवा समिति मौलाकालिकालाई रु २५००० नगद समेत हस्तान्तरण गरेको अध्यक्ष सापकोटाले बताउनुभएको छ ।

Share.

Leave A Reply