गैंडाकोटमा नेपाल पूर्व प्रहरी संगठन गठन

0

कात्तिक १, गैंडाकोट ।

नेपाल पूर्व प्रहरी संगठन गैंडाकोट नगर समितिको भेलाले ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । समितिको अध्यक्षमा शिव शर्मा आचार्यलाई चयन गरिएको छ ।

त्यस्तै उपाध्यक्षमा निलबहादुर बिक, सचिवमा झलककाजी पौडेल र कोषाध्यक्षमा मदनकुमार लम्साल रहनुभएको छ । यस्तै सदस्यहरुमा यदु रिमाल, छविलाल भुषाल, सिता राना, विमला अधिकारी, धनिराम शर्मा तिवारी, मानबहादुर थापा, नारायण शर्मा पौडेल रहनुभएको छ ।

यस्तै लेखा समिति संयोजकमा नेत्र अधिकारी रहनुभएको छ भने सदस्यहरुमा छविलाल थापा, बृद्धिबहादुर रायमाझीलाई चयन गरिएको छ । यसैबिच शनिबार नै सल्लाहकार समिति पनि गठन गरिएको छ जसमा दुर्गाजित कुँवर, हरिबहादुर गोदार र प्रेमबहादुर थापा रहनुभएको छ ।
शिव शर्मा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गैंडाकोट २ का वडाअध्यक्ष धुब्रराम पौडेल, संगठनका जिल्ला अध्यक्ष अम्बर विक, निलबहादुर बिक, मदनकुमार लम्साल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण झलककाजी पौडेलले गर्नुभएको थियो ।

Share.

Leave A Reply