गैंडाकोटमा ३ जना कर्मचारी सहित २९ जना कोरोना सङ्क्रमित थपिए

0


प्रेम क्षेत्री
कात्तिक १, गैंडाकोट । गैंडाकोटमा आज ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गैंडाकोटबाट संकलन गरिएका १४९ स्वाब मध्ये २९ जना नयाँ र २१ जना पुरानो गरि ५० जनामा सङ्क्रमण देखिएको हो । जसमध्ये ३ जना नगरपालिकामा कार्यरत कर्मचारी रहेका छन् । गैंडाकोट नगरपालिकाका २४ जना र यहाँ कार्यरत रहेपनि बाह्य स्थानका ५ जना रहेका छन् ।
सङ्क्रमित मध्ये गैंडाकोट १ का ५ जना रहेका छन् । ४१ वर्षको महिला, ५३,४१, २० र २६ वर्षको पुरुष रहेका छन् । त्यस्तै गैंडाकोट २ का ९, २५, ३७ वर्षका पुरुष ३ जना रहेका छन् । गैंडाकोट ४ का ३७ वर्षको १ महिला, २२, ४७, २८, ४९, १६, ४२ वर्षका ६ जना पुरुष गरि ७ जना थपिएका छन् । गैंडाकोट ५ का ३० वर्षको महिला १ जना, ३२, ३२ वर्षका २ जना पुरुष गरि ३ जनामा सङ्क्रमण देखिएको छ ।
त्यस्तै गैंडाकोट १० का ३० वर्षको १ महिला र ५० वर्षको १ पुरुष रहेका छन् । गैंडाकोट १२ का ३० वर्षको महिला र ३१ वर्षको पुरुष रहेका छन् । गैंडाकोट १३ को ४२ वर्षको महिलामा सङ्क्रमण देखिएको छ । गैंडाकोट १६ को २१ वर्षको महिला रहेकी छन् । संक्रमित मध्ये कावासोती निवासी ३७, ३५ र ३८ वर्षका पुरुष ३ जना रहेका छन् भने ३५ वर्षको १ महिला रहेकी छन् । त्यस्तै भरतपुरका ५२ वर्षिय १ पुरुष रहेका छन् । उनिहरु कर्मचारी रहेको गैंडाकोट नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक ईन्द्रराज शर्माले जानकारी दिनुभयो ।
यो सँगै गैंडाकोटमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ३३४ पुगेको छ । जसमध्ये १७८ जना सङ्क्रमणमुक्त रहेको उहाँले जानकारी दिनुभयो । अन्य सामुदायिक र होम आईसोलेसनमा रहेका छन् । गैंडाकोटमा हालसम्म ३ जनाको मृत्यु भएको छ । गैंडाकोट १, ५ र ९ गरि ३ जनाको मृत्यु भएको नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।
यसबाहेक कुल सङ्क्रमित संख्या मध्ये गैंडाकोट १६ का १ जनामा मृत्यु पश्चात स्वाब संकलन गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

Share.

Leave A Reply