जिरो टोलरेन्स गराउने उद्देश्यले सुरक्षा योजना लागु छ ः प्रमुख जिल्ला अधिकारी पंगेनी

0

गैंडाकोट, असोज ३० । नवलपुर जिल्लामा जिरो टोलेरन्सको नीति लिएर सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराइले जानकारी दिनुभयो । आफू आएपछि जिल्लामा शान्ति सुरक्षामा थप कडाई गर्न विभिन्न योजना अगाडि सारिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय नवलपुरमा आज भएको ६५ औँ प्रहरी दिवसको कार्यक्रममा बोल्दै उहाँले आजबाट साइकल गस्ती पनि सुरु भएको र सहर देखि गाउँसम्म रहेका प्रहरीहरुलाई सही र सत्य सुचना दिएर समाजमा शान्ति कायम गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्ले समाजमा अपराध गर्नेहरुको जरा नै उखाल्ने गरी काम गर्ने बताउँदै त्यसको अभियान सुरु भइसकेको बताउनुभयो । वर्षमा एक पटक गरिने कार्यक्रममा केही त्रुटीहरु भएपनि अमर प्रहरीलाई विशेष सम्झाना र सम्मान सहित कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्लामा ३ लाख वढि जनसख्या भएपनि ५ सय नजिकको सख्याका प्रहरीले सुरक्षा दिनुपर्ने अवस्था रहेपनि अपराध वढ्न नदिनेमा प्रहरी सचेत रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले समाजमा वढ्दै गएका अपराधको ग्राफ घटाउन प्रहरीको सक्रियता आवश्यक रहेको र सहर जस्तै गाउँगाउँको सुरुक्षामा पनि प्रहरीले विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष अमर सिंह बि.क., अमर प्रहरी परिवार अमृता सिग्देले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुख, पूर्व प्रहरी कर्मचारी, अमर प्रहरी परिवारको सहभागिता रहेको थियो ।

कार्यक्रममा अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी, प्रहरी दिवसको अवसरमा २७ गते सम्म संचालन भएको व्याडमिन्टन तथा टेवलटेनिस खेल प्रतियोगितामा प्रथम र द्धितिय हुने खेलाडीहरु, विपद व्यबस्थापनमा उत्कृष्ट कार्य गर्ने ईलाका प्रहरी कार्यालय दुम्किवास र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (पूर्व) लाई पुरस्कृत तथा प्रमाण पत्र समेत वितरण गरिएको थियो । प्रहरी निरीक्षक बिशाल तामाङ्ले संचालन गर्नु भएको कार्यक्रममा प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply