तीव्र गतिमा गुडेका ३५ सवारीलाई चितवन प्रहरीको कारवाही

0

चितवन, असोज २९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले तीव्र गतिमा चलेका ३५ वटा सवारीलाई कारवाही गरेको छ ।

चाडपर्व लक्षित विशेष योजना अन्तर्गत अध्याधुनिक लाइडर गन मार्फत गरिएको चेकजाँच मार्फत तीव्र गतिमा कुदेका ३५ सवारीलाई कारवाही गरिएको ट्राफिक चितवनले जानकारी दिएको छ । दुर्घटना न्युनिकरणका लागि आज दिउँसो १ बजेदेखि ३ बजे सम्म आँपटारी जंगलमा ट्राफिक चेकजाँच गर्दा ९६ किलोमिटर प्रतिघण्टा सम्मको गतिमा कुदेको भेटिएको थियो ।

अधिकाशं गम्भीर प्रकृतिको दूर्घटना तीव्र गतिका कारण भएको भन्दै ट्राफिक प्रहरी चितवनले चेकजाँचमा कडाई गरेको हो ।

Share.

Leave A Reply