गैंडाकोटका १८ सहित नवलपुरमा थप ७० जनामा कोरोना संक्रमण

0

गैंडाकोट, असोज २९ । कावासोतीका थप ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नगरपालिकाले जारी गरेको विज्ञप्ती अनुसार असोज २६ गते १२० जनाको नमुना संकलन गरी परीक्षणका लागि पोखरा पठाएपछि प्राप्त रिपोर्ट अनुसार ५२ जनामा कोभिड १९ संक्रमण भएको हो । जसमा वडानम्वर २ का २ जना, ३ का १५ जना, ५ का ३ जना, ६ का १ जना, ८ का १५ जना, ९ का २ जना, १४ का ७ जना, १६ का ६ जना र १७ का १ जना रहेका छन् ।

उनीहरु सवै स्थानीय वासिन्दा रहेको र कन्ट्राक्ट टे«सिगमा आएकाहरुबाट स्वाव लिएको थियो । वडानम्व्र ३ का एक जना पुरुषलाई मध्यविन्दु अस्पतालको आइसोलेसनमा राखिएको छ भने अन्य सवै होम आइसोलेसनमा रहेनुभएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णपसाद नागिलाले जानकारी दिनुभयो । थपिएका सहित नगरपालिकामा कोरोना संक्रमितको कुल सख्या २६० पुगेको छ हालसम्म १३० जना निको भइसक्नुभएको छ ।
यता चितवन मेडिकल कलेजले दिएको जानकारी अनुसार गैंडाकोटका थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी हुनेहरुमा गैंडाकोट २ का १ जना, ५ का १ जना, ९ का १ जना, १४ का ४ जना, १५ का ७ जना, १६ का ४ जना रहेको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो ।
त्यस्तै गैंडाकोट नगरपालिकाको स्वास्थ्य शाखाले मृत्यु पछि कोरोना संक्रमण पुष्टी भएका व्यक्तिलाई कोरोनाबाट मृत्यु भएको लिष्टबाट हटाएको छ । यस अघि वडानम्वर १६ का एक व्यक्तिलाई मृत्यु पछि कोरोना पुष्टी भएको र सोही अनुसार कोरोनाबाट नगरमा मृत्यु हुनेको कुल संख्या ४ उल्लेख थियो । तर आजबाट भने सो संख्या हटाएर नगरपालिकामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ३ रहेको जनाइएको छ । हालसम्म कुल संक्रमितको सख्या २९२ पुगेको नगरपालिकामा १७८ जना निको भएका छन् । अहिले ९६ जना होम आइसोलेसनमा र १४ जना सामुदायिक आइसोलेसनमा रहेको स्वास्थ्य शाखाले जारी गरेको तथ्याङमा उल्लेख छ । यस अघि विना प्रमाणीत सार्वजनिक गरिने तथ्याङ आज भने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालद्धारा हस्ताक्षर गरी सार्वजनिक गरिएको छ ।

Share.

Leave A Reply