स्वतन्त्र भूतपूर्व सैनिक सहकारी गैंडाकोटले पेन्सन वितरण गर्ने

0


असोज २९, गैंडाकोट । एसबिआई बैंक नारायणगढ शाखासँगको सहकार्यमा स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोटले पेन्सन वितरणको व्यवस्था मिलाएको छ । भुपु सैनिक परिवारले पाउने पेन्सन संस्थाबाट सहज रुपमा वितरणको व्यवस्था गरिएको स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूपाल सिंह छन्त्याल थापाले जानकारी दिनुभयो ।
स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि. गैंडाकोट नवलपुर र नेपाल एसबिआई बैंक लि. नारायणगढ शाखासँग शाखा रहित बैंकिङ सेवा सञ्चालन गर्ने विषयमा सम्झौता गरी कारोवार शुभारम्भ गरेको हो । सहकारीको कार्यालयमा भएको सम्झौतामा नेपाल एसबिआई बैंक लि. नारायणगढ शाखाका प्रमुख सन्तोष कुमार भण्डारी तथा संस्थाका अध्यक्ष भूपाल सिंह छन्त्याल थापाले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा सहकारीका अध्यक्ष थापाले बि.एल.बी मेसिन ग्रहण समेत गर्नुभएको छ ।
बैंकका शाखा प्रमुख सन्तोष कुमार भण्डारी, सञ्चालन अधिकृत सचिन्द्र डंगोल तथा कर्मचारी जेलिना श्रेष्ठले अपानाउनु पर्ने सावाधानी र सचेत हुनुपर्ने विषयमा जानकारी गराउँदै व्यवस्थित कारोबार गर्न आग्रह गर्नुभयो । संस्थाका तर्फवाट संस्थाका अध्यक्ष भूपाल सिंह छन्त्याल थापाले सहकारीले भूपू सैनिकहरुको पेन्सन संस्थाबाट वितरण गर्न पाउँदा आफु अत्यान्तै खुसी भएको बताउनुभयो । साथै एसबिआई बैंकले संस्थासँग सहकार्य गरेकोमा अध्यक्ष थापाले धन्यवाद समेत दिनुभयो । कार्यक्रमको सहजिकरण संस्थाका ब्यवस्थापक शिव पौडेलले गर्नुभएको थियो ।

Share.

Leave A Reply