१५ शैयाको अस्पताल बनाउन पितौजीघाट स्वास्थ्य चौकीलाई १ करोड बजेट विनियोजन

0

डोलराज रानाभाट,गैंडाकोट, असोज २८ । गैंडाकोट नगरपालिकामा रहेको पितौजीघाट स्वास्थ्य चौकीलाई १५ वेडको अस्पतालमा स्तरोन्नती गरिने भएको छ ।

गत साउन २८ गते मन्त्रीस्तरको निर्णयबाट पितौजीलाई अस्पताल बनाउने निर्णय भएको थियो । सोही निर्णयबाट अर्थ मन्त्रालयद्धारा १ करोड रकम विनियोजन भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

अहिले प्रस्तावित नगर अस्पतालको रुपमा गैंडाकोट प्रस्तावित नगर अस्पताल नामवाट सेवा दिइरहेको स्वास्थ्य चौकीमा अव आधुनिक भवन निर्माण सहित १५ वेडबाट अस्पतालको सेवा दिने भएको हो । बजेट विनियोजन भइसकेकाले यही कार्तिक मसान्तसम्म निर्माण प्रकृया प्रारम्भ गर्न पनि निर्देशन दिइएको छ ।

साथै भवन कस्तो वन्नुपर्छ भन्ने डिजाईन र लागत अनुमान समेत मन्त्रालयले स्थानीय तहलाई पठाइसकेको छ । प्रचलित कानून, स्वीकृत मापदण्ड, निर्देशिका र राष्ट्रिय भवन संहिता बमोजिम अस्पताल निर्माण गर्नुपर्ने गरी बजेट विनियोजन गरिएको हो ।

भवन डिजाईन

Share.

Leave A Reply