चितवनमा विषादी परीक्षण सुरु

0

 

डोलराज रानाभाट, चितवन, असोज २८ । लकडाउन र कोभिड १९ को संक्रमण जोखिमका कारण वन्द भएको विषादी परीक्षण सेवा आजबाट सुरु भएको छ । महानगर फलफूल तथा तरकारी बजार भरतपुर २ मा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालालाई हिजो सफा गरेर आजबाट संचालनमा ल्याइएको प्रयोगशालाकी कर्मचारी अञ्जु भण्डारीले जानकारी दिनुभयो ।

आज विहानै बजारमा आएका मालुवा केरा, घिरौला, टमाटर, नयाँ आलु आदिको नुमना लिएर परीक्षण गरिएको छ । यस अघि चितवनका मालुवा केरामा अध्यधिक विषादी देखिएपछि अहिले त्यसको अनिवार्य परीक्षण गर्ने गरिएको र अन्य तरकारी तथा फलफूलको हकमा सिजन सकिएका र नयाँ लाइ प्राथमिकतामा राखेर परीक्षण गर्ने गरिएको छ ।
त्यस्तै भारतबाट आएका तरकारी तथा फलफूललाई पनि प्रयोगशालामा परीक्षण गरेर मात्रै वाहिर पठाउने गरिएको छ । सीमा नाकामा नै जाँच गराएको कागज भए परीक्षण नहुने अन्यथा परीक्षण गरेर खाना योग्य हो वा होइन पहिचान गरेर मात्रै बजार पठाउने गरिएको भण्डारीले बताउनुभयो ।

गत वर्षको पुष देखि संचालनमा आएको विषादी परीक्षण लकडाउन खुलेर बजार संचालनमा आउँदापनि वन्द नै रहेको थियो । त्यो समय विषादी हालेको तरकारी फलफूल भएपनि विना परीक्षण नै विक्रि भइरहेका थिए । आजबाट भने परीक्षणलाई प्राथमिकतामा राखिएको र हालसम्म भएको परीक्षणबाट खान नहुने गरी विषादी नभेटिएको भण्डारीको भनाई छ ।

Share.

Leave A Reply