आइसोलेसनमा वसेपछि गैंडाकोट नगरपालिकाले अव बाट पुन पीसीआर परीक्षण नगर्ने

0

डोलराज रानाभाट,गैंडाकोट, असोज २८ । गैंडाकोट नगरपालिकाले अव देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ निर्देशिकालाई कार्यान्वयनमा ल्याउँदै लक्षण नदेखिएका कोरोना संक्रमित १४ दिन र लक्षण देखिएका संक्रमित २१ दिन आइसोलेसन वसेपछि पुन पीसीआर परीक्षण नगर्ने भएको छ ।

स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार उक्त दिनसम्म आइसोलेसन वसेपछि सो व्यक्तिबाट अन्य व्यक्तिमा कोरोना भाइरसको संक्रमण सार्न सक्ने क्षमता नष्ट भइसक्ने भएकाले अवबाट सो नियमको पालना गर्ने भएको हो । भाइरस सार्ने क्षमतानै नष्ट हुने भएकाले पुन परीक्षण गरिरहनु नपर्ने मन्त्रालयले निर्देशिकामा उल्लेख वमोजिम नगरपालिकाले सो नियमको पालना गर्ने शाखा प्रमुख पौडेलले बताउनुभयो ।

त्यसरी आइसोलेसनको दिन पुरा वसेर नगरपालिकाको स्वास्थ्य शाखाबाट वाहिर निस्कन अनुमति पाएका  व्यक्तिहरुलाई समाजमा विभेद नगर्न पनि उहाँले आग्रह गर्नु भएको छ । मन्त्रालयलले उक्त तथ्य पुष्टी भएर निर्णय लिएको भन्दै समाजका व्यक्तिहरुले पनि यसलाई वुझ्नुपर्ने र आइसोलेसन वसेर वाहिर आउनु भएका व्यक्तिहरुलाई हेयको व्यवहार नगर्न उहाँको आग्रह छ । यदि त्यासो गरिएको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने पनि उहाँले बताउनुभयो ।

यसैविच नगरपालिकामा आज १४९ जनाको स्वाव संकलन गरिएको छ । संकलन गरिएका स्वाव परीक्षणका लागि पोखरा पठाइएको छ । पर्सि वेलुका सम्म रिपोर्ट आउने शाखा प्रमुख पौडेलले बताउनुभयो । आज मात्रै गैंडाकोट नगरपालिकामा ४ जना कोरोना संक्रमित थपिएका छन् ।

चितवन मेडिकल कलेज र बीपी कोइराला क्यान्सर अस्पतालले दिएको जानकारी अनुसार हिजो भएको पीसीआर परीक्षणमा वडानम्वर २ का एक महिला र २ पुरुष गरी ३ जना, वडानम्वर ४ का १ पुरुष रहेको

स्वास्थ्य शाखा कार्यालयले जनाएको छ ।यो सहित नगरपालिकामा कोरोना संक्रमित २९२ पुगेका छन् । हालसम्म १७८ जना जना निको भएका छन् ।

Share.

Leave A Reply