गैँडाकोटको बेल्डिहाबाट बालक हराए, देख्नेले परिवारलाई सम्पर्क गर्न आग्रह

0


गैँडाकोट ।
गैँडाकोट नगरपालिका वडा नं. १३ बेल्डिहा का एक बालक मंगलबारदेखि हराएका छन । गैँडाकोट नगरपालिका वडा नं. १३ का १५ वर्षीय विन्देश ढकाल हिजो दिउसोदेखि परिवारको सम्पर्क बाहिर रहेको विन्देशका काका बासुदेव ढकालले जानकारी दिनुभयो ।
अमर ईग्लिस बोडिङ स्कुल अमरापुरीमा कक्षा १० मा अध्ययनरत विन्देश हिजो दिउसो २ वजेदेखि सम्पर्क बाहिर रहेका हुन । हिजोदेखी नै परिवारले विभिन्न समुह बनाएर खोजीकार्य गरेको भए कहाँ छन भन्नेबारेमा केहि पत्ता लाग्न सकेको छैन । छोरा हराएपछि ढकाल परिवार चिन्तामा परेको छ ।
उनलाई कहिकतै देख्नु हुने तथा भेट्ने महानुभाबहरुले नजिकैको प्रहरी कार्यालय अथवा मोवाईल नं. ९८४५३३३७८१, ९८४५५६७६९४ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

Share.

Leave A Reply