कोरोनाबाट मध्यविन्दुका एक पुरुषको मृत्यु

0


असोज २८, नवलपुर ।
कोरोना भाइरसबाट नवलपुरका एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत नवलपरासी पूर्व मध्यविन्दु–१५ का ७५ वर्षीय पुरुषको मंगलबार राति मत्यु भएको हो ।
कोभिड आइसीयूमा उपचाररत ती पुरुषको राति १०ः२० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । असोज १८ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए । उनमा असोज २० गते कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।
यो सँगै नवलपुरमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसमध्ये गैंडाकोटका ४ जना रहेका छन् । त्यस्तै देवचुली नगरपालिकाका २ जना, मध्यविन्दु नगरपालिकाका २, विनयी त्रिवेणी गाउँपालिकाका २ जना र कावासोती नगरपलिकाका १ जना रहेका छन् ।

Share.

Leave A Reply