भल निकास हुने गरि नालाको निर्माण गर्न गैंडाकोट नगरपालिकाको आग्रह

0

गैंडाकोट,असोज २७ । गैंडाकोट नगरपालिकाले पूर्व पश्चिम राजमार्गमा सडक विस्तार गर्दा (नारायणगढ बुटवल सडक विस्तार आयोजना)  निर्माण गरिने नालाको डिजाईन परिवर्तन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

यही असोज २२ गते प्रमाणीत गरी सार्वजनिक गरिएको गैंडाकोट नगरपालिकाको नगरकार्यापालिका बैठकको पहिलो निर्णयमै सडक आयोजनाले अहिले बनाउने सानो नालाको डिजाई परिवर्तन गरी गैंडाकोटमा हुने जलमग्नलाई हटाउन अनुरोध गर्ने निर्णय भएको हो ।

नारायणगढ बुटवल सडक विस्तार आयोजनाको क्रममा अहिले बनाइएका नाला धेरै सानो रहेका छन् । गैंडाकोटको वेल्डिया खण्डमा वनेको जस्तै साविक गैडाकोटमा निर्माण गरे त्यसले भल थेग्न नसक्ने भएपछि डिजाइन परिवर्तनका लागि अनुरोध गर्ने निर्णय भएको हो ।

वर्षातको समय पानीको निकास नभई डुवानमा पर्ने समस्या रहेकाले नारायणी नदीको पुल देखि जयश्री खोला हुँदै थुम्सी खोला सम्मको क्षेत्रमा डुवान नहुने गरी नाला निर्माण गरिदिन नेपाल सरकार सडक विभाग आयोजना निर्देशनालय एडीवी र सडक सुधार परियोजनालाई अनुरोध गर्ने निर्णय गरिएको हो ।

व्यस्थित ढल निकाल नहुँदा ठूलो पानी पर्नासाथ गैडाकोट २, ४ ५, ७, ८ र ९ का विभिन्न भागहरु डुवानमा पर्ने गरेका छन् ।

Share.

Leave A Reply