गैंडाकोट १२ र १४ जोड्ने टाउन खोलामा पुल निर्माणपछि यस्तो देखियो

0

असोज २७ । नगरकै गौरवको योजनाका रुपमा लिइएको गैडाकोट नगरपालिका वडानम्वर १२ र १४ लाई जोड्ने गरी टाउन खोलामा निर्माणधिन पक्की पुलको काम सकिएको छ ।

खोला तरेर यात्रा गर्नुपर्ने वाध्यता अवबाट हटेको छ । गैंडाकोट १४ की वडाअध्यक्ष कोकीसरा रानामगरले भन्नुभयो,“ पुलको काम सकियो । अव १२ र १४ का दुवैतर्फका भाग कालोपत्रे गर्न वाँकी छ ।” उहाँका अनुसार अव पुलको दुवैतर्फ कालो पत्रे गरिने र खोलामा पुलको भागलाई क्षती हुन नदिन तटवन्धको काम पनि गर्न वाँकी रहेको छ । जनप्रतिनिधिको आगवमन भएसँगै यो पुललाई नगरले आफ्नै गौरवको योजनाको रुपमा निर्माण थालेको थियो ।

आर्थिक वर्ष २०७४/०७५ मा १ करोड बजेट छुट्याएर सोही वर्षबाट काम थालिएको पुल निर्माणका लागि ९० लाख र अहिले १३ लाख बजेट विनियोजन गरिएको वडाअध्यक्ष रानामगरले बताउनुभयो । गैडाकोट १२ र १४ को विशेष पहलमा पुल निर्माण सुरु भएको थियो ।

 

आफूहरु जनप्रतिनिधि भइसकेपछि पहिले खोलामाथि सामान्य गोरेटो मात्रै हुने गरी ढेड लाख छुट्टीएकोमा पछि नगरकै गौरवको योजनाको रुपमा पक्की पुल नै निर्माण गर्न सफल भएको रानामगरले बताउनुभयो ।

Share.

Leave A Reply