बलात्कार घटना बिरुद्ध चितवनमा प्रदर्शन, सरकारसँग न्यायको माग

0

असोज २७ । बलात्कारका घटना वढेको र पीडकलाई सरकारले कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै चितवनमा मौन प्रर्दशन भएको छ ।

चितवनको रत्ननगर र खैरहनी नगरपालिकाका स्वतन्त्र युवाहरुले आज शान्तिपूर्ण र्याली गरी विरोध जनाएका हुन् ।

‘स्टप रेप’, ‘न्याय चाहियो सरकार ‘लेखिएका प्ले कार्ड सहित आँखामा कालो पट्टी वाँधेर प्रदर्शन गरिएको युवा सुवास अर्यालले जानकारी दिनुभयो ।

दिनकै समाजमा बलत्कारका घटना घटिरहदा सरकारले यसको रोकथाम र कारवाहीको प्रकृयामा ढिलाई गर्ने र अपराधी पत्ता लगाउन नसकेको भन्दै विरोध जनाइएको उहाँले बताउनुभयो ।

पर्साबाट सुरु भएको र्याली पुरानो पर्सा पुगेर सकिएको थियो ।

Share.

Leave A Reply