नदीजन्य पदार्थ अवैध उत्खनन् गरी ओसारपोसार गर्ने ९ वटा ट्याक्टर नियन्त्रणमा

0

गैंडाकोट, असोज २६ । जिल्ला प्रहरी कार्यालय नवलपुरले हिजो र आज ९ वटा ट्याक्टर पक्राउ गरेको छ । बिनयी त्रिवेणी गाउँपालिका वडानम्वर १ र ४ मा रहेको विनयी खोलाबाट अवैध रुपमा नदि जन्य पदार्थ उत्तखनन, चोरी तस्करी गर्दै गरेका ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय दुम्किबास बाट खटीएको प्रहरी टोलीले लु ३ त ७०४५, लु ४ त २८८१, लु ३ त ४०८१, लु ३ त १७७२, ना ४ त ९०७०, लु ३ त६९५३, लु ३ त ४७७५, ना ७ त ११३१, लु २ त ९६०७ नम्बर को ट्र्याक्टर नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई कानुनी कार्बाहीको लागी बिनयी त्रिबेणी गाँउपालिका कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

Share.

Leave A Reply