कालीगण्डकी नदि बुलिङ्टार १ मा मजदुर बेपत्ता

0

गैंडाकोट, असोज २६ । नवलपुरको बुलिङ्टार गाउँपालिका १ कालिगण्डकी नदीमा डुवेर एक जना वेपत्ता भएका छन् । आज दिउसो साँढे १ बजेतिर सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका ४ घर भई हाल कालिगण्डकी करिडोरमा काम गर्ने मजदुर अन्दीजी २२ वर्षीय छत्र बहादुर शाही बेपत्ता भएका हुन । कालिगण्डकी नदिमा नुहाउने क्रममा नदिमा डुबी बेपत्ता भएपछि अहिले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुका सूचना अधिकारी डिएसपी मोहन वहादुर खाँणले जानकारी दिनुभयो ।

Share.

Leave A Reply