श्रीमानको हत्या गरी खाल्डोमा शव गाडेको आरोपीत श्रीमति र अर्का पुरुष पुर्पक्षका लागि जेल चलान

0

असोज २६ । परपुरुषसँग मिलेर श्रीमानको हत्या गरेर शव गाड्ने श्रीमती सहित पुरुष पुर्पपक्षका लागि जेल चलान भएका छन् ।जेल चलान हुनेमा हत्या गरिएका नवलपुर जिल्ला गैंडाकोट १८ हुर्चिलका ४२ वर्षीय धन बहादुर सुगुरपाककी श्रीमती फुल माया सुगुरपाक मगर र मेख वहादुर सुनारीमगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

मेखबहादुरसँग मिलेर श्रीमती फुलमायाले गत वर्षको असार २० गते राति १२ बजेतिर दुई जनाले धनवहादुरको हत्या गरेर शव जंगलमा लगेर गाडेका थिए । हत्या गरेर हराएको भनी धेरै ढिला गरी प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय गैंडाकोटले श्रीमतीलाई केन्द्रमा राखेर अनुसन्धान सुरु गरेको थियो ।

इलाका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाको विशेष सक्रियतामा श्रीमतीको संलग्नतामा हत्या गरी शव गाडेको अनुसन्धानका क्रममा पत्ता लगाउन सफल भएको थियो । उनीहरु भदौ २९ गते पक्राउ परेका थिए ।

 

सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी अभियोग पत्र साथ नवलपुर जिल्ला अदालत कावासोतीमा पेश हूँदा असोज २५ गतेको आदेशले दुवै प्रतिवादीहरु पुर्पक्षको लागी कारागार कार्यालय , परासीमा राख्ने आदेश भएकोमा दुवै जनालाई कारागार कार्यालय परासी पठाईएको सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए ।

Share.

Leave A Reply