बाणिज्य वैँक चौविसकोटी भरतपुर शाखाको गम्भीर लापर्वाही, भौतिक दुरी विना सेवा दिँदै

0

डोलराज रानाभाट, चितवन, असोज २६ । सरकारले कम्तिमा २ मिटरको भौतिक दुरी कायम गरेर सेवा दिन भनिरहेको छ । दिनप्रतिदिन कोरोना संक्रमित वढिरहनुको कारण आफूहरुले दिएको सुझाव नमान्नु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनकै भनिरहनु भएको छ ।

सरकारको एउटा निकायले उक्त आग्रह अनुरोध गरिरहदा सरकारकै अर्को निकाय राष्ट्रिय वाणिज्य वैँकले भने सेवाग्राहीलाई कोरोना संक्रमणको उच्च जोखिम सृजना गरेर सेवा दिइरहेको छ । भरतपुरको चौविस कोटीमा रहेको राष्ट्रिय वाणिज्य वैँकले सेवाग्राहीलाई उच्च जोखिममा राखेर सेवा दिइरहेको छ । “सरकारी वैँक नै यति भद्रगोल छ । सेवा लिन आउँदा कोरोना लिएर घर फर्कने हो की भन्ने चिन्तामा छौँ ” भरतपुर यज्ञपुरीका छवि रिजाल ले भन्नुभयो ।

रकम डिपोजिट गर्न आउनु भएको उहाँ १ देखि ढेड घण्टा लाइनमा वस्नुपरेको बताउनुभयो । भौतिक दुरी कायम गर्न भनिएपनि उहाँको अगाडि पछाडी एक वित्ताको फरकमा पनि सेवाग्राही छैनन । सरकारी वैँकले कम्तिमा व्यस्थित गरेर टोकन प्रणाली गर्नुपर्ने उहाँको भनाइ थियो । माइकिङ गरेर टोकन अनुसार बोलाइदिए सेवाग्राहीले आफै दुरी कायम गर्ने उहाँले बताउनुभयो ।

वाणिज्य वैँकको गम्भीर लापार्वाहीले यसअघि पनि आफ्नै कर्मचारीमा कोरोना संक्रमण देखिएर बँैक नै वन्द गरेको थियो । यता सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर शाहीले सुरक्षाका मापदण्ड पूर्ण पालना गर्न निर्देशन दिएको र सरकारी काम धेरै हुने भएकाले लाइन व्यवस्थापन सहित अन्य सहयोगका लागि प्रशासन तयार रहेको बताइसकेको बताउँदै थप अनुगमन गर्ने बताउनुभयो ।

Share.

Leave A Reply