दसैँ देखि छठ पर्वसम्मका लागि नवलपुर प्रहरीको विशेष सुरक्षा योजना लागु

0

डोलराज रानाभाट, असोज २६ । नजिकीदै गरेको दसैँ तिहार र छठ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय नवलपुरले विशेष सुरक्षा योजना लागु गरेको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी प्रकाश मल्लका अनुसार एकीकृत सुरक्षा योजना र जिल्ला सुरक्षा योजना गरी दुई वटा योजना सहित चाडपर्वलाई शान्त, व्यवस्थित र मर्यादीत बनाउन सुरु गरिएको हो ।

असोज २० गते देखि नै एकीकृत सुरक्षा योजना लागु भएको र जिल्ला सुरक्षा योजना निरन्तर चलिरहेको एसपी मल्लले बताउनुभयो । एकीकृत सुरक्षा योजनामा नेपाल प्रहरी, ट्राफिक, शसस्त्र र आवश्यक परे नेपाली सेना समेत परिचालन गर्नेगरी निर्णय भएको मल्लले जानकारी दिनुभयो । चाडपर्वको समय हुन सक्ने अप्रिय घटना, सामाजिक खलल पुर्याउने व्यक्ति, सामाजिक सद्भाव विगार्नेहरुलाई विशेष निगरानीमा राखिएको बताउँदै एसपी मल्लले पोशाक सहित र सादा पोषाकमा पनि प्रहरी परिचालन भइरहेको बताउनुभयो ।

पूर्व पश्चिम राजमार्ग भएको र कोभिड १९ को संक्रमण पनि कायमै रहदा जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको मल्लले बताउनुभयो । हाइवे क्षेत्रका ५ ठाउँमा सवारी चेकजाँच सुरु भएको र आवश्यक परे थप चेकजाँच गर्ने स्थान थप्ने बताउनुभयो ।

जिल्लाभर करिव १ हजार प्रहरी परिचालन गरिने गरी तयार भई लागु भएको सुरक्षा योजना अन्र्तगत पेट्रोल गस्ती, साइकल तथा पैदल गस्ती, लङ रुट पेट्रोल एलआरपी गस्ती वढाइएको छ । त्यस्तै कुनै घटना भइहाले राष्ट्रिय अनुसन्धान टिम पनि तयारी अवस्थामा रहेको र जिल्ला प्रशासनको पनि उत्तीकै सक्रियता रहेको मल्ले बताउनुभयो ।

साथै घटस्थापना देखि थप सुरक्षाको कार्यक्रम लागु गर्ने गरी यस पटक प्रहरी कर्मचारीलाई विदा नदिइने उहाँको भनाई छ । अहिले पनि २ जना प्रहरी र ३ जना शसस्त्रमा कोरोना संक्रमण भएर आइसोलेसनमा हुनुहुन्छ भने अन्य प्रहरीको पनि परीक्षण गर्ने कार्य चलिरहेको छ ।

विभिन्न अपराधमा कैद सजाय पाएका तर फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तगर्त पक्राउ परेका ३ जनामा कोरोना संक्रमण पुष्टी सँगै प्रहरीमा संक्रमणको जोखिम रहेकाले स्वाव परीक्षणलाई तिव्रता दिइएको एसपी मल्लले बताउनुभयो ।

यता इलाका प्रहरी कार्यालय गैंडाकोटले पनि आज बाट यात्रु सहायता कक्षको स्थापना गरेको छ ।  काँग्रेस चोकमा यात्रु सहायता कक्षको स्थापना गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाले जानकारी दिनुभयो । चाडपर्वमा विशेष गरी वैँक वित्तीय ,सहकारी ,सुन पसलमा विशेष निगरानी गर्ने थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply