माइक्रोबायोलोजी विभाग बालकुमारी कलेजद्वारा ह्यान्ड सेनिटाइजर तयार

0

माइक्रोबायोलोजी विभाग बालकुमारी कलेज नारायणगढले  डब्लुएचओले  (WHO ) सिफारिस गरिएको अनुसारको ह्यान्ड सेनिटाइजर तयार पारेको

COVID-19 को जोखिम बढेसँगै बजारमा विषाक्त रसायन मेथेनल युक्त ह्यान्ड सेनिटाइजर पनि बढेको छ | मेथेनल,  ह्यान्ड सेनिटाइजरको लागि स्वीकारे घटक होइन र यसको विषाक्त प्रभावका कारण प्रयोग गर्नुहुँदैन | नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ओषधि व्यवस्था विभागले बिक्रीवितरणमा रहेका ह्यान्ड सेनिटाइजर परीक्षण गर्दा विषाक्त रसायन मेथेनल समावेश भएको पाइएको उत्पादनहरूको बिक्री वितरणमा अविलम्ब रोग राख्न सूचित गरिएको छ |  हामीले पनि यी कुराहरुमा सतर्कता अपनाउन जरुरी देखिन्छ |

साबुन पानीले हात धुनु, ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु निकै राम्रो कुरा हो | तर विषाक्त प्रयोग भएको ह्यान्ड सेनिटाइजरको प्रयोग, शरीरका लागि घातक हुनसक्छ | मेथेनल छाला मार्फत अवशोषित हुन्छ र यसले अप्टिक  स्नायुमा प्रत्यक्ष विषाक्त प्रभाव पार्छ र अन्धोपनलाई निम्ताउन सक्छ |  यसका साथसाथै टाउको दुख्ने , वाकवाक लाग्ने , बान्ता हुने , अस्पष्ट दृष्टि र चेतनाको स्तर कम हुने जस्ता लक्षणहरू देखिन्छ |  धेरै मानिसहरुले यसैको प्रयोगको कारण आफ्नो ज्यान गुमाउनुपरेको छ भने केही दृश्य कमजोरीका साथ हस्पिटलबाट डिस्चार्ज हुनुपरेको छ | मेथेनल बाहेक केही ह्यान्ड सेनिटाइजर मा  ईथेनोल वा आइसोप्रोपाइल अल्कोहलको मात्रा पनि  नपुगेको देखिन्छ र त्यस्ता ह्यान्ड सेनिटाइजर को प्रयोग प्रभावकारी हुन सक्दैन | जिवाणुलाई मार्नको लागि ईथेनोल स्वीकारे घटक हो |

तसर्थ माइक्रोबायोलोजी विभाग बालकुमारी कलेज नारायणगढले  डब्लुएचओले  (WHO ) सिफारिस गरिएको अनुसारको ह्यान्ड सेनिटाइजर तयार पारेको छ | विषाणु र जिवाणुलाई मार्नको लागि ईथेनोलको मात्रा 70 देखि 80 प्रतिशत रहेको हुनुपर्छ र  रसायनिक तत्व उल्लेखित मात्रामा नभएको खण्डमा यसले गर्नुपर्ने काम गर्न सक्दैन | तसर्थ हामीले मेथेनल रहित र 70 देखि 80 प्रतिशत इथानोल युक्त ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुपर्छ |

Share.

Leave A Reply