भन्सार छली ल्याएको लत्ता कपडा वरामद

0

चितवन, असोज २५ । भन्साल छलेर लत्ता कपडा ल्याउनेलाई चितवनमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडानम्वर ३ शहिदचोक नजिक लु. २ ख. ३४० नम्वरको ट्रक रोकी चेकजाँच गर्ने क्रममा अवैध तरिकाबाट कपडा ल्याएको पत्ता लागेको थियो ।

उक्त ट्रकमा करिव ४ लाख ७५ हजार रुपैया बरावरको लत्ता कपडा जसमा ९५० थान कुर्ता सलवारका १० वटा पोका फेला पारीएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिनुभयो ।

प्रहरीले उक्त ट्रक सहित ट्रक चालक जिल्ला नवलपरासी पश्चिम सरावल गाउपालिका वडा नं. ०३ बस्ने बर्ष ३७ को राम बहादुर चौधरी र सोही ठाउँका बर्ष ३५ कि मिना के.सी. लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालय पठाइएको थापाले बताउनुभयो ।

Share.

Leave A Reply