चितवनको कालिका नगरपालिका ४ बाट ५ जुवाडे पक्राउ

0

चितवन, असोज २५ ।

चितवनमा ५ जना जुवाडे पक्राउ परेका छन् ।

कालिका नगरपालिका वडानम्वर ४ मा रहेको ग्रिन टप कटेजमा जुवा तास खेलीरहेका सोही ठाउँ वस्ने ३७ वर्षीय बल बहादुर नेपाली, वर्ष ३५ का हरीराम लामा, वडा नं. ५ बस्ने वर्ष ४० का कुमार चौधरी, नवलपुर जिल्ला गैंडाकोट २ बस्ने वर्ष ३८ का हरी जि.सि. र सोही ठाउँका वर्ष ३८ का नवराज परियार रहेको जिल्ला प्रहरी कार्यालय चिवतनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो ।

एक आपसमा वाजी थाप्दै हारजित हुनेगरी जुवातास खेलि रहेको अवस्थामा राति साँढे १० बजेको समयमा पक्राउ परेका उनीहरुको साथबाट एक बुक तास र नगद रू. २ लाख २९ हजार ७८० रुपैया पनि बरामद भएको र जुवा कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कार्य भई रहेको थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply