मालपोत कार्यलय कावासोतीमै सेवाग्राही कुटिए

0

असोज २५ । मालपोत कार्यालय कावासोतीको परिसरमै एक जना सेवाग्राही कुटिएका छन् । गैडाकोट नगरपालिका वडानम्वर १ का तिर्थराज पौडेल माथि आक्रमण भएको हो । कार्यालय खुलेको लामो समयपनि आफ्नो काम नभएपछि सेवा चाँडै दिन भनिरहदा ४, ५ जनाको समूहले हातपात गरेका हुन् । घाइते हुनेगरीको घटना नभएपनि प्रहरीमा उजुरी परेको र गम्भीर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरमा प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताउनुभयो ।
पीडित पौडेलले आफूमाथि गुण्डागर्दी शैलीमा आक्रमण भएको र आक्रमणकारी आफूले नचिनेको बताउनुभएको जानकारी दिँदै प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

Share.

Leave A Reply