गैंडाकोट ५ का गिरिद्वारा जन्मदिनको अवसरमा सहाराको घरमा सहयोग प्रदान

0


असोज २५, गैंडाकोट
गैंडाकोट ५ का गगन गिरिले जन्मदिनको अवसरमा सहाराको घर भरतपुरमा सहयोग गर्नुभएको छ ।

जन्मदिनको अवसरमा आईतबार उहाँले शैक्षीक सामग्री र विहानको खाजा सहयोग गर्नुभएको हो । आश्रयमा रहेका बालबालिकालाई सहयोग गर्न पाउदा खुशी लागेको बताउने गिरिले जन्मदिन र अन्य अवसरमा पनि आफुले सहाराबिहिनका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।
उहाँ र उहाकी श्रीमती शशिकला वनले संयुक्त रुपमा शैक्षीक सामग्री र खाजा सहयोग हस्तान्तरण गर्नुभएको थियो । सहाराको घरमा अहिले १८ जना बालबालिका रहेका छन । सहाराको घर नर्सरीदेखी कक्षा ११ सम्म अध्ययन गर्ने बालबालिकाको सहारा बन्दै आईरहेको छ ।

Share.

Leave A Reply