आवश्यक बजेटको २ प्रतिशतमात्रै केन्द्रबाट निकासा, नवलपुरमा पुननिर्माणका लाभग्राहीले किस्ता रकम नै पाएनन्

0

डोलराज रानाभाट, गैंडाकोट, असोज २५ । केन्द्रबाट थोरै बजेट निकासा हुँदा नवलपुर जिल्लामा पुननिर्माणको काम प्रभावित भएको छ । भूकम्पबाट प्रभावित ३२ जिल्लामध्य ९० प्रतिशत माथि उपलब्धि हासिल गरेको एक मात्रै जिल्लाको पहिचान बनाए पनि अहिले यही जिल्लालाई केन्द्रले न्यून बजेट मात्रै निकासा गरिदिएको हो ।

नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ नवलपुरका कार्यालय प्रमुख राजेन्द्र कार्कीकाअनुसार चालु आर्थिक वर्ष २०७७ /०७८ का लागि कुल५ करोड ८९ लाख रुपैया आवश्यक पर्दछ । तर निकासा भने जम्मा २ प्रतिशत भएको छ । कार्कीले भन्नुभयो, “ जम्मा १३ लाख रुपैया मात्र केन्द्रबाट बजेट आउँदा हामीलाइ समस्या भएको छ । केहीलाई किस्ता निकासा गर्नासाथ यो रकम सकिन्छ ।”

२०७५ सालको जेठ महिनामा कार्यालय स्थापना गरेर साउन महिना देखिनै धमाधम काम गरेको पुननिर्माण प्राधिकरण अहिले भने आवश्यक बजेटको जम्मा २ प्रतिशतमात्रै निकासा हुँदा समयमै काम सम्पन्न नहुने हो की भन्ने चिन्ता थपिएको छ । स्थापनाको २ वर्षसम्म कुनै पनि कमी हुन र निर्माणका फोटोहरु इन्टरनेटबाट पठाउन लगाउने र आवश्यक किस्ता निकासा देखि थप सुझाव दिएर काम नरोकेको बताउनुभयो । “यसले पनि जिल्लामा पुननिर्माण कति पनि प्रभावित भएन , हाम्रो अहिले ९६ प्रतिशत घरहरुको निर्माण भएको प्रगतिमा छौँ नभएको तर अहिले बजेट नै निकासा नगरिदा चिन्ता थपिएको हो । ”

पुनर्निर्माणका लाभाग्राही दुई प्रकारका हुने र पहिलो प्रवलीकरण तर्फका लाभग्राहीहरुलाई पहिलो किस्ता ५० हजार र दोस्रो किस्ता ५० हजार त्यसैगरी पुनर्निर्माण लाभग्राहीतर्फ पहिलो किस्ता ५० हजार , दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्ता १ लाखदिने प्रावधान रहेको छ । सम्झौता भएपछि मात्रै यी रकम भुक्तान गरिन्छ । कार्कीले भन्नुभयो,“हामीसँगलगभग ११२० जना लाभग्राही हुनुहुन्छ । त्यस मध्य ८७० जनाको निर्माण सम्पन्नभएको छ । फेरि जेठ असारमा गुनासो बाट २१९ जना नयाँ लाभग्राही थपिनु भएको छ ।

उहाँहरु सम्झौता गरेर सुरुवातगर्ने चरणमा हुनुहुन्छ । जसमा २०० जतिलाई गएको आर्थिक वर्षमै पहिलो किस्ता दिइ सकेका छौँ । उहाँहरुलाई यो आर्थिक वर्षमा दोस्रो र तेस्रो किस्ता दिनुपर्ने हुन्छ । तर अव अहिले धेरैले दसैँ तिहार अघि डिपिसी लगायतको काम भ्याउनुहुन्छ । त्यसपछि हामीले थप प्रत्येक लाभग्राहीलाई अढाइलाख दिनुपर्ने हून्छ । जवकी निकासा रकम जम्मा १३ लाख छ ।”
गल्तीले यति थोरै आएको हुनसक्ने भन्दै केन्द्रमा थप धेरै रकम निकासाका लागि पत्र पठाएको उहाँले बताउनुभयो । तर दसैँ सुरु हुनलाग्दापनि रकम निकासा नभएपछि किस्ता माग गर्न आएका लाभ ग्राही फर्किनु परेको छ । १०० जना लाभग्राहीहरुले किस्तादावी गरिसकेका छन । अहिले पठाएको रकमले ५ देखि ६ जनालाई मात्रै किस्तादिन पुग्छ ।

यदि समयमै आवश्यक बजेट निकासाभए आगामी पुस माघ सम्मचाहिँ कामपूर्ण सम्पन्न गरिसकेर कार्यालय फुर्सदमा हुने उहाँको दावी छ । साथै अहिले नेपाल सरकारले लेखा प्रणालीमा फेरवदल गरेको र सीग्यास प्लस भन्ने प्रणाली लागु भएर पनि भुक्तानी दिन सुरु गरिसकेको उहाँले बताउनुभयो ।
संख्यात्मक रुपमा हेर्दा बुलिङ्टार गाउँपालिकामा धेरै लाभग्राही छन् भने त्यस्तै देवचुली नगरपालिकाको उत्तरी वेल्ट ६ नम्वर वडा, हुप्सेकोटको उत्तरी वेल्ट र गैंडाकोट नगरपालिकाका वडानम्वर १८ मा वढि क्षती छ भने कम क्षती कावासोतीमा छ ।

त्यस्तै अहिले पुनरावेदनको काम जारी छ । कार्यालयले सवै सेवा निशुल्क गरिदिएको छ । २२ सय ४० जना गुनासो कर्ता मध्ये २१९ जनामात्रै लाभग्राहीमा सूचीकृत हुनसके । वाँकी २ हजार चाहिँ सम्भावित पुनरावेदन गर्न योग्य भएको र अहिले उहाँहरुले नेपाल सरकार पुननिर्माण प्राधिकरण विरुद्धमा पुनरावेदन गरिरहनु भएको छ।

कार्यालयले पुनरावेदनलाई लिएर व्यवसाय नै वनाएकाखवर अन्य जिललामा सुनिरहदा यहाँ भने पुनरावेदनका सवै कार्य निशुल्क गरिदिएको छ । वाहिर कानुन व्यवसायी मार्फत एकजनाको १ हजार १५ सय रुपैयालिएर पुनरावेदन गरेका सम्म अन्य जिलल्लामा खवर आएका थिए । त्यस्तै किस्ता लिएर काम नगर्नेहरुको वैँकखाता रोक्का गर्ने गरिएको छ । अहिले कवुलियतीनामा बनाएर काम सुरु गरिएको र रकम लगेर काम नगर्नेहरु विरुद्ध कार्यालय कडाइका साथ काम गरिरहेको कार्कीले बताउनुभयो ।

Share.

Leave A Reply