कटेजभित्र जुवातास खेल्ने ब्यक्तीहरु नवलपुर प्रहरीको फन्दामा

0

गैंडाकोट, असोज २५ । कटेज भित्र जुवातासा खेल्ने व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ । असोज २४ गते साँझ करिव ७ बजेको समयमा नवपरासी बर्दघाट( सुस्ता पुर्व) मध्यबिन्दु नगरपालिका वडा नं २ कोल्हुवा गैरीटोल स्थितमा रहेको ईभानकटेज एण्ड लजमा जुवातास खेली रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मध्यबिन्दु नगरपालिका वडा नं २ कोल्हुवा बस्ने वर्ष ३३ का हेमकान्त चौधरी, वडा नं ४ पनौती बस्ने वर्ष ३८ का बबरजंग चौधरी, सोही वडाका लुस्लहरी बस्ने वर्ष ३३ का अरुण भण्डारी र वडा नं ३ लेडा बस्ने वर्ष २८ का विवेक थनेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय, नवलपरासी( पुर्व)बाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनीहरुको साथवाट रु १,५८०८०।–(अक्षरुपी एकलाख अन्ठाउन्नहजार असी रुपैयाँ) र ५२ पत्ती तास समेत बरामद गर अनुसन्धान भईरहेको प्रवक्ता एवम डिएसपी मोहन खाँणले जानकारी दिनुभयो । उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको खाँणले जानकारी दिनुभयो।

Share.

Leave A Reply