बालबालिकामा हुने मानसिक असर कम गर्न अभिभावक सचेत बन्नुपर्छ : मनोविश्लेषक बासु आचार्य

0


असोज २४, गैंडाकोट ।
मनोविश्लेषक केन्द्र नेपालका मनोविश्लेषक बासु आचार्यले बालबालिकामा हुने मानसिक असर कम गर्न अभिभावक सचेत हुनुपर्ने बताउनुभएको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर बालबालिकामा मनोसामजिक असर र न्युनिकरण विषयक भर्चुअल संवाद कार्यक्रम बोल्दै उहाँले अभिभावक सचेत नबने यसले निम्त्याउने समस्या जटिल हुनसक्ने बताउनुभयो । उनिहरुमा आउने सोच र व्यवहार सुधार गर्न सके मानसिक समस्या कम हुने उहाँको भनाई छ । सोच्ने तरिका व्यवस्थित नगर्दा जीवन नै डामाडोल हुन सक्ने भन्दै त्यतातर्फ सचेत बन्नुपर्ने उहाँको तर्क छ । बालबालिकामा सहन सकेन, सोच्न सकेन, प्राय दुःख मान्ने, ह्या भन्न थाले वा व्यवहारमा थपघट भएमा उ मानसिक समस्यामा छ भन्ने बुझ्न सकिने उहाँले बताउनुभयो । अहिले ४ जना व्यक्ति बराबर १ जना प्रभावित रहेको र सन् २०३० पछि ३ जना बराबर १ जना ग्रसित हुने आंकलन गरिएको उहाँले बताउनुभयो । मृत्यु दर हेर्ने हो भने सवैभन्दा वढि मनोरोग हुने देखिएको र त्यसमाथी पनि आत्महत्या रहेको मनोविश्लेषक बासु आचार्यले बताउनुभयो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरका जिल्ला संयोजक लक्ष्मी गौतमले कोरोनाको त्रास, लकडाउन, विद्यालय सञ्चालन हुन नसक्दा बालबालिकामा परेको मानसिक असर न्युनिकरणका लागि कार्यक्रम फलदायी रहेको बताउनुभयो । उहाँले सरोकारवाला सबै जिम्मेवार रुपमा लागे भविष्य पनि सुनिश्चत गर्न सकिने र शिक्षालाई पनि अघि वढाउन सकिने बताउनुभयो । विद्यालयमा हुने दैनिक मनोरञ्जनात्मक र सिर्जनशील क्रियाकलापबाट बञ्चित हुँदा बालबालिकाको सन्तुलित विकासमा असर परिराखेको जनाउँदै यसलाई कम गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।
विश्व मानसिक स्वास्थ्य दिवस २०२० अर्थात यस वर्षको नारा “सबैका लागि मानसिक स्वास्थ्य ः पर्याप्त लगानी, व्यापक पहुँच, जसलाई पनि, जहाँ पनि” भन्ने रहेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरको आयोजनामा विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर बालबालिकामा मनोसामजिक असर र न्युनिकरण विषयक भर्चुअल संवाद कार्यक्रमको आयोजना गरिएको हो । मिडिया पार्टनरका रुपमा सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिका रहेको थियो ।

Share.

Leave A Reply