पराजुली समाज नेपालद्वारा अपाङ्ग जीवन विकास संस्था लाई खाद्यान्य सामाग्री हस्तान्तण

0


पुष्कर अधिकारी
असोज २४, गैंडाकोट
पराजुली समाज नेपाल जिल्ला कार्यसमिति नवलपरासी बर्दधाट सूस्ता पूर्वले गैंडाकोट नगरपालिका वडा नं.१ मा रहेको अपाङ्ग जीवन विकास संस्था लाई खाद्यान्य सामाग्री हस्तान्तण गरेको छ । समय समयमा बिभिन्न सस्थाहरुमा सहयोग गर्दैआएको पराजुली समाज नेपालले आफुले केहिरुपमा गरेको सहयोगले उनिहरुलाई राहात महसुस गराउने र अन्य संस्थाहरुलाई पनि सहयोगको भावना बिकास हुने भएकाले सहयोग गर्दै आएको पराजुली समाज नेपाल जिल्ला कार्यसमिति नवलपरासी बर्दधाट सूस्ता पूर्वका अध्यक्ष दिपक पराजुली बताउनुहुन्छ ।


अपाङ्ग जीवन विकास संस्थाका संरक्षक बालकृष्ण सापकोटाले संस्थामा रहेका १७ जना अपाङ्गहरुलाई यस्तै सहयोगी मनहरुबाट सहयोग आईरहेकाले धेरै सहज हुने गरेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोग गरेर अपाङ्गहरुको अभिभाबक बनिदिन आग्रह गनुभयो ।
अपाङ्ग जीवन विकास संस्थामा बस्दै आउनुभका गोबिन्द प्याकुरेल खाद्यान्न सामाग्री लिएर संघ संस्था आउदा आफुहरुलाइ निकै नै खुसि लाग्ने बताउनुहुन्छ ।
पराजुली समाजका बिभिन्न ब्याक्तिहरु उपस्थित रहेको सो कार्यक्रममा चामल, चिनि, भुजा, साबुन लगाएतको खाद्यान्न सामाग्री अपाङ्ग जीवन विकास संस्थाका संरक्षक सापकोटालाई हस्तान्तण गरीएको थियो ।

Share.

Leave A Reply