गैँडाकोटमा एक स्वास्थ्यकर्मी सहित २३ जनामा कोरोना संक्रमण

0


असोज २४, गैंडाकोट
गैँडाकोटमा एक स्वास्थ्यकर्मी सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिकाका वडा नम्बर २, ४, ५, ६,९, ११, १२ र १३ का २३ जनामा कोरोना संक्रमण पुष्टि भएको गैंडाकोट नगरपालिकाका नगर स्वास्थ्य प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । उहाँले पहिलोपटक गैंडाकोटमा स्वास्थ्यकर्मीलाई कोरोना पुष्टी भएको पनि बताउनुभएको छ ।

गैंडाकोट २ का २६, २१ बर्ष पुरुष र ४५ बर्षकी एक महिलामा कोरोना पोजेटिभ आएको छ । यस्तै गैंडाकोट ४ का २४, ३४, ४४ बर्षका पुरुष र २० बर्षकी १ महिला, गैंडाकोट ५ का ५०, ५६ बर्षका पुरुष गैंडाकोट ६ मा ५२ , २१ बर्षका महिला र र २८ बर्षका पुरुष , गैंडाकोट ९ मा ५१ बर्षका पुरुष, गैंडाकोट ११ मा ४८, ६५ बर्षका पुरुष ३१ र ५२ बर्षका महिला , गैंडाकोट १२ मा २५ बर्षीय १ महिला, गैंडाकोट १३ मा २७, ३० बर्षका महिला ६७ बर्षका पुरुष रहेका छन भने भरतपुरका २ जना को गैंडाकोटमा पीसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ ।

यो सँगै आज गैंडाकोटमा २३ जनामा कोरोना पुष्टि भएको गैंडाकोट नगरपालिकाका नगर स्वास्थ्य प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply