नारायणी नदीमा शब फेला

0

कावासोती, असोज २३ । नवलपुरको कावासोती नगरपालिका १२ पिठौलीको रुदैली गैरीमा एक शव फेला परेको छ । नारायणी नदीमा वर्ष अन्दाजी ३०/३५ वर्षीय पुरुषको हिजो शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी मोहन खाँणले जानकारी दिनुभयो । प्रहरीले मृतक लासको घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगाएतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव परीक्षणको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको र मृतकको सनाखत हुन नसकेको खाँणले बताउनुभयो । फोटो हेरी पहिचान गर्नेहरुले जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) को फोन ०७८ ५४०१०० र ९८५७०९०३४४ मा जानकारी गराउन प्रहरीले अुनरोध गरेको छ ।

 

(प्रहरीले शव पहिचानका लागि सवैमा अनुरोध गरेकाले फोटो सवै राखिएको छ ।)

Share.

Leave A Reply