लायन्स क्लव अफ मौलाकालिका लोटसद्धारा गैंडाकोट ३ का ३५ विद्यार्थीलाई पोषाक सहयोग

0

गैंडाकोट, असोज २२ । लायन्स क्लव अफ मौलाकालिका लोटसले गैंडाकोट ३ को पन्चकन्या आधारभूत विद्यालयका ३५ जना विद्यार्थीलाई निःशुल्क विद्यालय पोषाक वितरण गरेको छ ।

गैंडाकोट ३ का वडाअध्यक्ष एवम विद्यालयका अध्यक्ष शिवकान्त तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापति क्लवका अध्यक्ष शान्ति पौडेल रहनुभएको थियो । कार्यक्रममा विद्यालयका सल्लाहकार एवम पुर्व अध्यक्षहरु, चार्टर प्रेसिडेण्ट इन्दीरा पाण्डे, पास्ट प्रेसिडेण्ट लक्ष्मी भट्टराई लगायतले बोल्दै गरिव तथा विपन्न विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयमा आफूहरुले पोषाक वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

शैक्षिक सत्र सुरु हुनासाथ वितरण गर्ने कार्यक्रम भएपनि कोभिड १९ का कारणले कार्यक्रम ढिला हुन गएको बताउनुभयो । ससाना वालवालिकालाई उक्त पोषाक दिँदा विद्यार्थीहरु खुशी भएका थिए । कार्यक्रमको संयोजक माधवी कट्टटेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमका लागि कट्टेल स्वयमले छोरा प्रकाशको जन्मदिनको अवसर पारेर १० हजार नगद सहयोग समेत गर्नुभएको थियो ।

Share.

Leave A Reply