चितवन र नवलपुरमा वढे नेत्रदाताहरु, लायन्स क्लवद्धारा ४६५ जनाको मञ्जुरीनामा हस्तान्तरण

0

डोलराज रानाभाट, चितवन, आश्विन २२ । आज विहिवार विश्व दृष्टि दिवस, यहिदिवसको अवसर पारी लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ वि टु एरिया नम्वर ३ ले भरतपुर आँखा अस्पताललाई आँखादानगर्न सहमतभएका ४६५ जनाको मञ्जुरी नामा हस्तान्तरण गरेको छ ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ वि टु एरिया नम्वर ३ का चिफ एरिया को अर्टिनेटर प्रभाकर पण्डीतले विहिवार जिल्लाभर नै कार्यक्रम भएको र चितवन नवलपुरका नेत्रदाताहरुको मन्जुरीनामा अस्पताललाई बुझाएको जानकारी दिनुभयो । मञ्जुरीनामा दिएकाहरुको मरोणपरान्त (मृत्युपछि आँखा निकालिन्छ) आँखा निकालिने र एक जना वरावर ४ जनाको आँखाको ज्योतिफर्काउन सकिने भन्दै यो पुण्य कार्यमा जोडिन सवैलाई आग्रह गर्नुभयो ।

अस्पताल व्यवस्थापन समितका अध्यक्ष कृष्णराज धरेलले ३ वर्ष पहिले तिलगंगा सँग आँखादानको कार्यक्रम गर्ने भनिए पनि डोनर अभावले २ वर्षबाट मात्रै प्रभावकारी वनेको र लायन्सले ठूलो सहयोग गरेको बताउनुभयो । हालसम्म ९ जनाले आँखा दान दिए भने ८२ जनाको आँखाको नानी परिवर्तन गरिएको हो र प्रत्यारोपण गर्ने जनशक्ति र मेशीन अस्पतालकै छ ।

अस्पतालका जलविन्दु विभागका जलविन्दु विशेषज्ञ डा.रन्जितकुमार शाहले पछिल्लो समय मोतिया विन्दुका विरामी बढेको बताउनुभयो । दृष्टी दोषका विरामीपनि वढ्दै गएको भन्दै पहिले जस्तो मोतिया विन्दु पाकेकै छैन भन्दै घरमा नै वस्न आग्रह गर्नुभयो । समयमै जाँच गराए आँखाको ज्योति गुम्नवाट वचाउन सकिने उहाँले बताउनुभयो । साथै अहिले संचालन भएका अनलाईन कक्षाहरुमा २० मिनेट भन्दा धेरै मोवाइल र ल्यापटपको अगाडी नवस्न सुझाव छ । कम्तिमा २० मिटेको फरक पारी आराम गर्ने, आँखा दाया वाया गर्ने, पानी धेरै खाने आदि विधि अपनाउन सके दृष्टि बचाइ राख्न सहयोग पुग्ने सुझाव दिनुभयो ।

अस्पतालका सहायक व्यवस्थापक छायाँ श्रेष्ठले कोभिड–१९ को संक्रमणको समयमा पनि विरामीको चाप वढेको तर यसको संक्रमणबाट बच्न गेटबाट प्रवेश सहित ज्वरो नाप्ने, हात धुन लगाउने, कोभिड–१९ को सवै फर्म भर्ने गरिएको बताउनुभयो । साथै १० वटा स्थानमा आँखाजाँच गर्ने र एउटा कोठामा ५ जना र प्रत्येक घण्टा ५० जनालाई मात्रै जाँचगर्ने गरी दैनिक ३०० जनाको परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

अस्पतालका दया शिखर चौधरीका अनुसार लायन्स क्लवअफ इन्टरनेशनल र लायन्स क्लव अफ नारायणगढ मार्फत प्रपोजल पेश भएकोमाअहिले करिव साँढे ३ करोड वरावरको मेशीन जडान भएको बताउनुभयो । २ वर्षे कार्यक्रम अन्तर्गत पहिलो वर्षको कार्यक्रममा माइक्रोस्कोप सहित विटेक्ट्रोमि मेशिन जसले आँखा भित्रको सर्जरी गर्न सहयोग गर्ने रेटिनासँग सम्वन्धीत रहेको र दोस्रो चरणको मेसिन प्रोसिसी एन्जीओग्राफि र अप्टिकलवायो मिटर मेशीन जसले मोतिया विन्दु परीक्षणमा थप सहयोग पुग्ने जडान भएको छ । वार्षिक साँढे २ लाख सम्म विरामीलाई सेवा दिइरहेको अस्पतालमा चितवन, नवलपुर, गोरखा, लमजुङ, हेटौँडा ठोरी पर्साबाट विरामीहरु धेरै आउँने गरेका छन् ।

यसैविच विश्ब दृष्टि दिवसको अवसर पारेर आज रत्ननगर ६ बछौलीमा लायन्स क्लबहरुको अगुवाईमा मधुमेह भएकाहरुको लागी आँखाको पर्दा जाँच कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोग एवं सामुदायिक स्वास्थ्य केन्द्र बछौली तथा लायन्स क्लब अफ नारायणगढ मिड टाउन, लायन्स क्लब अफ चितवन कम्युनिटि हेल्प,लायन्स क्लब अफ सौराहा तथा लियो क्लब अफ सौराहाले कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममा भरतपुर आँखा अस्पतालका चिकित्सक डा सुजन पुनले ३१ जना मधुमेह भएकाहरुको आँखा जाँच गर्नुभएको थियो । बिश्व स्वास्थ संगठनको आवहनमा हरेक बर्ष अक्टोवर ८ तारिखलाई बिश्वभरी नै बिश्व दृष्टि दिवसका रुपमा मनाउने गरिन्छ । यो बर्ष ज्इएभ् क्ष्ल् क्क्ष्न्ज्त् भन्ने नाराका साथ संसार भरी नै बिभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

लायन्स क्लब अफ सौराहाका अध्यक्ष अन्जन पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ बि २ का प्रथम भाईस गर्भनर रामप्रसाद भट्ट हुनुहुन्थ्यो ।

Share.

Leave A Reply