पत्रकारलाई गरिएको व्यवहारप्रति महासंघ नवलपुर र प्रेस युनियनको ध्यानाकर्षण

0

गैंडाकोट, असोज २२ । नदी दोहनको समाचारलाई लिएर नवलपुर ट्याक्टर समिति अन्र्तगतको कावासोती उपसमितिले पत्रकारहरुका लागि गरेको व्यवहारप्रति पत्रकार महासंघ नवलपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ अध्यक्ष होमराज रानाभाटद्धारा हस्ताक्षर गरी हिजो जारी गरिएको विज्ञप्तीमा पत्रकार शालिकराम कोइराला र रामकुमार श्रेष्ठलाई गरेको व्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको र आगामी दिनहरुमा ती व्यवहार नदोहोर्याउन भनिएको छ ।

समाचार लेखेकै कारण पत्रकारद्धयले खेत जोत्न आग्रह गर्दा ट्याक्टर लान व्यवसायीले मानेका थिएनन् । पछि खोजी गर्दा पत्रकारद्धयको खेत जोत्ने ट्याक्टरलाई १५ हजार जरिवाना गर्ने निर्णय भएको खुलेको थियो ।

ट्याक्टर उप समितिका पदाधिकारीहरुलाई आउँदा दिनमा समाचारको बिषयलाई लिएर पत्रकारको पत्रकारिता माथि धाबा बोल्ने , पेशा प्रतिको ईमानदारिता र कर्तब्य प्रति औंला उठाउने काम नगर्न र यसले सिगों पत्रकारिता प्रतिको अपमान हुने महासंघको ठहर रहेको जनाइएको छ ।

अध्यक्ष लगायत लाई आगामी दिनमा यी हर्कत नदोह्याउन महासंघले ध्यानाकषर्ण गराउँदै कानुन हातमा लिई संचारकर्मी उपर अवान्छित र अमर्यादित व्यवहार गर्ने हरु लाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न पनि सम्वन्धित निकायसँग माग गरिएको छ ।

 

यसैविच प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले पनि विज्ञप्ती जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको बताउनुभयो ।

Share.

Leave A Reply