गैंडाकोटमा आफ्नै दाजुद्धारा ७ बर्षीया बहिनी बलात्कृत

0

गैंडाकोट, असोज २२ । नवलपरासी वर्दघाट सुस्तापूर्वको गैडाकोटमा दाजुले आफ्नै वहिनीलाई बलात्कार गरेका छन् । घरमा कोही नभएको समय ७ बर्षीया बालिका बहिनीलाई १४ वर्षीय दाजुले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । । बलात्कार पछि अत्यधिक रक्तश्राव भएर अस्पताल लगेर जाँच पछि चिकित्सकले घटना भएर रक्तश्राव भएको बताएपछि प्रहरीले १४ वर्षीय दाजुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको र बालिकाको अवस्था मध्यम रहेको गैंडाकोट प्रहरीले जानकारी दिएको छ । बालिकाको उपचार भईरहेको छ । दुवै जना नाबालक भएकाले नाम र अन्य परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता डिएसपी मोहन खाँणले जानकारी दिनुभयो ।

Share.

Leave A Reply