नेपालमा आज हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टी , देशभर २५ हजार ७ संक्रिय संक्रमित

0


असोज २१, गैंडाकोट ।

नेपालमा आज एकैदिन हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । यो सँगै देशभर २५ हजार ७ संक्रिय संक्रमित छन ।

देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । यस्तै बुधबार १५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या पाँच सय ७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र १ हजार १ सय २६ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म ६८ हजार ६ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

Share.

Leave A Reply