विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्तलाई प्राप्ती गर्न सम्झौता पत्रमा हस्ताक्षर

0


गैंडाकोट, असोज २० । विस २०६९ सालमा स्थापना भई ३६ जिल्लामा आफ्नो शाखा विस्तार गर्न सफल विजय लघुवित्त वित्तीय संस्था गैंडाकोट नवलपरासीले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड गोदावरी कैलालीलाई प्राप्ती गर्ने सम्वन्धमा हिजो समझादारी पत्रमा हस्ताक्षर भएको छ । प्राप्ती गर्ने सम्वन्धमा विजय लघुवित्तका अध्यक्ष कपिल न्यौपाने र खप्तडका अध्यक्ष सुमन प्रसाद श्रेष्ठवीच हस्ताक्षर गरेर आगामी पुसदेखि नै एकीकृत सेवा प्रवाह गर्ने गरी काम अघि वढाउन दुवै पक्ष सहमत भएको विजय लघुवित्तका नायव कार्यकारी अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो । प्राप्ती पछि विजय लघुवित्त वित्तीय संथाको नाम, लोगो र व्राण्डबाट नै सेवा दिन दुवै पक्ष सहमत भएका हुन् ।
नेपाल राष्ट्र वैँकबाट जारी भएको गाभ्ने गाभिने तथा प्राप्ती सम्वन्धी नियमावलीको अधिनमा रही असार मसान्तको वासलातका आधारमा सम्पत्ती तथा दायित्वहरुको मूल्याकन गरी दुई पक्षवीचको शेयर स्वाव अनुपात निर्धारण गर्न समेत दुवै पक्ष सहमत भएका छन् । विजय लघुवित्तले ५४ हजार सदस्यहरुलाई सेवा दिई रहेको छ भने खप्तड गत वर्षमात्रै स्थापना भएको हो । एकीकृत गरेपछि पनि प्रमुख अधिकृतमा विजय लघुवित्त वित्तीय संस्थाका बसन्तराज लम्सालनै रहनुहुनेमा दुव पक्षले सहमत भएका छन् ।

Share.

Leave A Reply