बरिष्ठ कलाकार हरिबंश आचार्य दम्पतिलाई कोरोना पुष्टी

0


असोज २०, गैंडाकोट
बरिष्ठ कलाकार हरिबंश आचार्य दम्पतिलाई कोरोना पुष्टी भएको छ ।

कलाकार आचार्यले आफु र श्रीमती रमीला आचार्यलार्ई कोरोना पुष्टी भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको हो ।

सामान्य लक्षण देखिएकोले हिजो आफ्नोे र श्रीमती आचार्यको पिसिआर परिक्षण गर्दा दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आएको उहाँले जानकारी दिनुभएको हो । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र सम्पर्कमा रहनुभएका व्यक्तिलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन समेत उहाँले आग्रह गर्नुभएको छ ।

सबैकोे माया, आशिर्बाद र शुभेच्छाले छिट्टै कोरोना संक्रमणलाई जित्ने उहाँको विश्वास छ । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा सबैलाइ जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन समेत उहाँले अनुरोध गर्नुभएको छ ।

Share.

Leave A Reply