सम्मानको भोकभित्रका विकृतिहरू

0

 


डा.मतिप्रसाद ढकाल,

१. उठान ः
सम्मान भन्ने कुरा सबैले बुझेकै छन् । सम्मान दिनेले मात्र होइन सम्मान लिनेले पनि सम्मानलाई बुझेका त छन् तर सम्मान दिएलिएको हेर्ने दर्शकहरूले सम्मानभित्रको रहस्य नबुझेर नै होला टीकाटिप्पणी गर्न रुचाउँदै आएका छन् । मानका अघि राम्रो अर्थ दिने ‘सम्’ उपसर्गले नै मानको पनि मान बढाएको छ र सम्मानकै तथ्य खोज्नुप¥यो भने मानका अगाडि ‘प्र’ उपसर्ग गाँसिदिए पुग्छ तर त्यही मानलाई उपेक्षा गर्नुप¥यो भने मानका अगाडि ‘अव’ वा ‘अव’ उपसर्ग लगाइदिए भइहाल्छ । सम्मानको प्रमाण पेस गर्न सकिएन भने अपमान र अवमानको सिकार हुनैपर्छ । सुखका पछाडि दुःख र दुःखका पछाडि सुख भए जस्तै सम्मानका पछाडि अपमान र अपमानका पछाडि सम्मान शब्दको उदय र अस्त भइरहनु चलखेल होइन प्राकृतिक खेल नै हो । हामीले चलखेललाई त क्रमशः अन्त गर्दै जान सकौँला तर प्राकृतिक खेललाई अन्त गर्ने सामथ्र्य हामीहरूसँग छैन ।

२. उत्तम व्यक्तिको धन नै सम्मान ः
महान् व्यक्तित्व हासिल गर्ने चाहना त सबैको हुन्छ तर महान् वा उत्तम व्यक्ति बन्न भने निकै कठिन छ । “अधमा धनमिच्छन्ति धनं मानं च मध्यमाः, उत्तमा मानमिच्छन्ति मानो हि महतां धनम्” (चाणक्यनीति ८।१) अर्थात् अधम वा निम्नस्तरको सोच भएका व्यक्तिले धन चाहन्छन् वा धनलाई नै सम्मान ठान्दछन्, मध्यमस्तरका व्यक्तिले धन र सम्मान दुवैको चाहना राख्छन् भने उत्तम वा महान् व्यक्तिले धनलाई होइन सम्मानलाई नै आÇनो मुख्य धन ठान्दछन् । वर्तमान समयमा चाणक्यको दृष्टिकोणअनुसार उत्तमस्तरका व्यक्तिहरूको उपस्थिति हाम्रो समाजमा चामलमा बिया भेटिएभैmँ अत्यन्त कम छ । हिजोसम्म पनि धन र सम्मान दुवै चाहने व्यक्तित्वहरू हाम्रो समाजमा बढ्ता भेटिन्थे तर आजको हाम्रो समाजमा सम्मानलाई भन्दा बढ्ता धनलाई नै सम्मानजस्तो ठान्ने व्यक्तित्वहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । समाजमा धन मात्र सर्वस्व हो भनेर धनकै मृगतृष्णामा पछि लागिरहने व्यक्तिहरूको बढ्ता सम्मान छ । त्यसैले वर्तमानमा उत्तम व्यक्तित्वहरूको सङ्ख्या अत्यन्त न्यून देखिन गएको हो । धनलाई नै सर्वस्व ठान्नेहरूले वास्तविक सम्मानलाई ओझेलमा पार्दै गएका छन् तर देखावटी वा आडम्बरी सम्मानको भोक भने त्यस्तै व्यक्तिहरूलाई बढ्ता लाग्ने गरेको छ । जबसम्म सम्मानका भोकाहरूको यस किसिमको दुष्प्रवृत्तिको पूर्णतः अन्त्य हुन सक्तैन तबसम्म सम्मानलाई नै मुख्य धन ठान्ने उत्तम व्यक्तित्वहरूको समाजमा यथोचित सम्मान हुन सक्तैन ।

३. मानार्थ सम्मानको भोक ः
वर्तमानमा वास्तविक सम्मानभन्दा बढ्ता मानार्थ सम्मानको भोक जाग्न थालेको छ । वास्तविक विद्यावारिधिको उपाधि हासिल गर्न निकै गाह्रो छ तर मानार्थ विद्यावारिधि प्राप्त गर्न त्यति कठिन छैन । वास्तविक नागरिक भएर वंशजका आधारमा नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित देशको कानुनभित्र समेटिएको हुनुपर्छ तर मानार्थ नागरिकता प्राप्त गर्न भने कुनै भूगोलको परिधिभित्र सीमित हुनुपर्दैन । त्यसैगरी वर्तमानमा वास्तविक सम्मान पाउन त्यति सजिलो छैन तर मानार्थ सम्मान पाउन भने गाह्रो हुन छाडेको छ । भुक्तमान खपेकाहरूले कहिल्यै राष्ट्रिय सम्मान पाएको देखिँदैन किनकि चाकरी गरेर प्रभुलाई रिझाई मान पाइएला कि भन्ने अपेक्षा राखे पनि कहिल्यै नखोस्ने गरी ‘मानमाथि पनि भुक्तमान’ थपिएको भनेर आदिकवि भानुभक्त आचार्यले व्यङ्ग्यात्मक कवितामार्पmत बिन्तीपत्र प्रस्तुत गर्नैपर्ने थिएन । सच्चा राष्ट्रसेवकप्रति सदैव मानमाथि भुक्तमान थपिँदै जाने तर आडम्बरी र प्रभुकै आसेपासेहरूले बढ्ता सम्मान पाउँदै जाने परिपाटिको कहिल्यै अन्त हुनसक्ने अवस्था देखिँदैन । भुक्तमान खप्नेहरू वास्तविक रूपमा सम्मानित हुनका लागि मानार्थ सम्मानको भोकको क्रमशः अन्त्य हुनु आवश्यक छ ।

४. विनिमयी सम्मानको भोक ः
सम्मानको भोकले पीडित भएकाहरूलाई जसरी पनि सम्मान पाएर आÇनो भोक हटाउनुपर्ने बाध्यता हुँदो रहेछ । यही बाध्यताले गर्दा आजकल सम्मान र पुरस्कारहरू पनि विनिमय हुन थालेका छन् । सम्मानित र पुरस्कृत गर्ने संस्थाहरूमा विनिमयको रोग लाग्न दिनु हुँदैन भन्नेहरू पनि पाएसम्म आपैm त्यस्तो रोगको सिकार हुन मन पराउँछन् । यस्तो रोग केन्द्रीय तहमा भन्दा प्रादेशिक तहमा र प्रादेशिक तहमाभन्दा पनि स्थानीय तहमा बढ्ता पैmलिँदै गएको देखिन्छ । ‘गाउँगाउँमा सिंहदरबार’को नारा गाउँगाउँसम्म पुगे पनि देखिने र नदेखिने सिंहदरबारमा बस्नेहरूलाई गाउँगाउँले आÇनै छाक कटाएर पनि सम्मानित र पुरस्कृत गर्नुपर्ने बाध्यताको हालसम्म अन्त्य हुन सकेको छैन । यसरी सम्मानित गर्दै जान सकिएमा सम्मानितहरूले आÇनो पनि कुनै न कुनै उपकार गरिदिन्थे कि भन्ने अपेक्षा सम्मानदाताहरूमा रहेको हुन्छ । साहित्यिक संघसंस्थाहरूसमेत विनिमयी सम्मानको भोकबाट अछुतो छैनन् । पूर्व मेचीको कुनै साहित्यिक संस्थाले पश्चिम महाकालीको कुनै साहित्यक संस्थासँग आबद्ध साहित्यकारलाई सम्मानित र पुरस्कृत ग¥यो भने त्यसको पैँचो तिर्ने परम्परा सम्बद्ध संस्थाहरूभन्दा अरूलाई कमै थाहा हुन्छ । जबसम्म सम्मान र पुरस्कारका क्षेत्रमा विनिमयको रोग पैmलिरहन्छ तबसम्म कुनै पनि पुरस्कृत र सम्मानित व्यक्तित्वको मात्र होइन पुरस्कार र सम्मान प्रदान गर्ने संस्थाहरूको समेत समाजमा दीर्घकालीन प्रतिष्ठा कायम रहन सक्तैन ।

५. पदेन सम्मानको भोक ः
कुनै सरकारी वा गैरसरकारी उच्च पदमा रहेकै कारण सम्मानित र पुरस्कृत हुने शृङ्खला पनि वर्तमानमा घट्नुको साटो बढ्दै गएको छ । उच्च तहमा पुग्दैमा सबै व्यक्तिले महत्त्वपूर्ण योगदान दिइहाल्छन् भन्न सकिँदैन तर योगदानका आधारमा भन्दा पनि पदीय शक्तिका आडमा सम्मानित र पुरस्कृत गर्दै जाने प्रचलन राम्रो होइन । पदेन सम्मानको भोक मेटाउन चाहनेहरूको दुष्प्रवृत्तिले गर्दा वास्तविक योगदान दिने व्यक्तिहरू अपमानित र तिरस्कृत हुँदै गएका छन् । तसर्थ पदेन सम्मानको विकृतिलाई क्रमशः अन्त्य गर्दै वास्तविक योगदानमा आधारित सम्मानको संस्कृतिलाई प्रवद्र्धन गर्दै जानु आवश्यक छ ।

६. चाकरीमुखी सम्मानको भोक ः
समाज, देश र संघसंस्थाको चाकरी त सबैले गर्छन् र गर्नु पनि पर्छ तर उच्च पदमा रहेका व्यक्तिविशेषको चाकरी गरेर सम्मानको भोक मेटाउनेहरूको पनि हाम्रो समाजमा घट्तै जाने लक्षण देखिँदैन । जुनसुकै शब्दतन्त्र आए पनि राणाकालीन पाँडेपजनीको कुसंस्कृतिले हालसम्म छुटकारा पाउन सकेको छैन । उच्च पदमा बहालवाला व्यक्तिको मौखिक वा लिखित रूपमा गुणगान वा प्रशस्ति गाएकै भरमा आÇनो सम्मानको भोक मेटाउन रुचाउनेहरूको सङ्ख्या पनि वर्तमानमा कम छैन । त्यस्तो चाकरीमुखी सम्मान पाएर कुनै पनि व्यक्ति आÇनो परिवारभित्र त सम्मानित होला तर समाजका नजरमा भने सम्मानित हुन सक्तैन र सम्मानित हुनुपूर्व अलि अलि ठाडो भएको उसको शिर पनि सम्मानित भएपछि लाजले झुक्न विवश हुन्छ भने त्यस्तो सम्मान वा पुरस्कारको कुनै औचित्य छैन ।

७. बिन्तीपत्रे सम्मानको भोक ः
सामान्य किसिमका साहित्यिक संघसंस्थाहरूले मात्र होइन नेपालको नोबेल पुरस्कार भनेर चिनिने मदन पुरस्कार छनौट समितिले पनि लेखक वा प्रकाशकसँग पुरस्कारका लागि आवेदन लिने गरेको पाइन्छ । जजसले पुरस्कारका लागि त्यसरी कृतिसहित आवेदन वा बिन्तीपत्र प्रस्तुत गर्दैनन् तिनीहरू पुरस्कृत हुनबाट वञ्चित रहन्छन् । पुरस्कृत हुने कृतिभन्दा पनि प्रस्तुत नगरिएको कृति उत्कृष्ट ठहरिन सक्छ । पद्मश्री पुरस्कार छनौट समितिले जस्तै वर्षभरि प्रकाशित कृतिहरू आपैmले खोजेर सड्ढलन गरी मूल्याड्ढकन गरेर पुरस्कृत गर्ने परिपाटि अन्य साहित्यिक संघसंस्थाहरूले पनि अँगाल्नुपर्ने हो तर त्यसो नहुँदा सम्बद्ध पुरस्कारहरूको जीवन्त गरिमा बढ्न सक्तैन । जगदम्बा सम्मान र पद्मश्री सम्मान जस्तै अन्य सम्मानहरू पनि सम्मानप्रदायक संस्था आपैmले सम्मानपात्रको छनौट गर्न सकेमा सम्मानका लागि बिन्तीपत्रको प्रचलन हट्तै जाने थियो । बिन्तीपत्रे सम्मानभित्र पनि पुरस्कार र सम्मानको घोषणा नहुँदासम्म दौडधुप गरिरहने जुन दुष्प्रवृत्ति छ त्यसको समेत अन्त्य हुनु आवश्यक छ ।

८. स्वयं सम्मानको भोक ः
हाम्रो समाजमा कतिपय यस्ता पनि सम्मान र पुरस्कारहरू वितरण गर्न थालिएका छन् जुन सम्मान र पुरस्कारको सम्पूर्ण खर्च तथा वितरण समारोहको खर्च पनि सम्मान र पुरस्कार पाउने व्यक्ति स्वयंले जुटाएका हुन्छन् । कुनै एउटा संस्थालाई आयोजक बनाएर वितरण गरिने यस्ता सम्मान र पुरस्कारका बारेमा सबैजसो सहभागीहरू बेखबर जस्तै हुन्छन् । जसका कारण सहभागीहरूका दृष्टिमा आयोजक संस्था र पुरस्कृत एवं सम्मानित व्यक्ति दुवै बधाइ र धन्यवादका पात्र ठहरिन्छन् । यसरी स्वयं सम्मानको भोक मेटाउन खोज्नेहरूले गर्दा पनि हाम्रो समाजमा सम्मान र पुरस्कारको विशेष महत्त्व घट्तै गएको छ ।

९. शीघ्र सम्मानको भोक ः
उत्तम व्यक्तित्व हासिल गरेर सम्मानलाई नै धन ठान्न खोज्ने प्रवृत्ति र धैर्य वर्तमानमा देखिन छाडेको छ । लामो समयसम्म अनुभवहरू सँगाल्ने र आÇना क्षेत्रमा योगदानका ईटाहरू थप्तै जाने प्रतिस्पर्धा वर्तमानमा प्रायः देखिँदैन । कुनै पनि क्षेत्रमा प्रवेश गर्न नपाउँदै तत्काल सम्मानित र पुरस्कृत हुन खोज्ने प्रवृत्तिले शीघ्र सम्मानको भोक जगाएको देिखन्छ । जसका कारण आÇना गुरुहरू र अग्रजहरूलाई पनि पछारेर आपूm तत्काल सम्मानित र पुरस्कृत हुन खोज्ने दुष्प्रवृत्ति मौलाएको छ । यस किसिमको दुष्प्रवृत्तिले गर्दा पनि सम्मान र पुरस्कारको वास्तविक मर्म ओझेलमा पर्दै गएको छ । जबसम्म शीघ्र सम्मानको भोकको अन्त गर्न सकिँदैन तबसम्म वास्तविक योगदान दिने कर्मनिष्ठ व्यक्तित्वहरूको सम्मान हुन सक्तैन ।

१०. सम्मानभित्रको विकृति ः
कुनै पनि विषय वा क्षेत्र बाहिरबाट हेर्दा जति सुन्दर हुन्छ भित्र पसेर हेर्न खोजियो भने त्यसमा अनेकौँ विकृतिहरू मौलाउँदै गएको भेटिन्छ । आपैm आयोजक समितिमा बस्ने र आपैm पुरस्कृत हुन खोज्ने प्रवृत्ति पनि कतिपय संस्थाहरूमा मौलाउँदै छ । हालै मनाइएको संविधान दिवसका अवसरमा नेपाल सरकारद्वारा प्रदान गरिने पदक तथा विभूषणका लागि नेपाल सरकारकै कुनै एउटा कार्यालयले २० जनासम्मको नाम सिफारिस गर्न पाउने प्रावधान रहे पनि ३३ जनाको नाम सिफारिस गरेछ तर पदक तथा विभूषणद्वारा सम्मानित हुने बेलामा भने सोही कार्यालयका ७० जनाको नाम भेटिएछ र कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका व्यक्ति भने सम्मानित हुनबाट वञ्चित भएछन् । यो एउटा प्रतिनिधिमूलक विकृति हो । सम्मान तथा पुरस्कार प्रदान गर्नका लागि प्रदायक निकायहरूका बीचमा हुने अस्वस्थ प्रतिस्पर्धाले गर्दा पुरस्कार र सम्मानकै तिरस्कार र अपमान भइराखेको अनुभूति सचेत नागरिकहरूले गर्दै आएका छन् । सम्मानित र पुरस्कृत हुनेहरूको योगदानमाथि नै प्रश्नचिह्न लाग्न थाल्दा सम्मान र पुरस्कारकै अपमान र तिरस्कार हुनुलाई दुःखद मानिन्छ ।

११. बैठान ः
सम्मान वा पुरस्कारको घोषणा भएपछि कतिपय त्यस्तो सम्मान वा पुरस्कारलाई अस्वीकार गर्ने व्यक्तिहरू पनि हाम्रो समाजमा नभेटिने होइनन् तर त्यस्ता व्यक्तिहरूको उपस्थिति हाम्रो समाजमा अत्यन्त न्यून छ । पुरस्कृत र सम्मानित भएपछि सम्बद्ध व्यक्तिले समाज र राष्ट्रका लागि अभैm उल्लेखनीय सृजनात्मक योगदान दिनुपर्ने हो तर त्यस दिशातर्पm उन्मुख हुने व्यक्तिहरू निकै कम छन् । पुरस्कार वा सम्मान दिने संस्था स्वयंले कस्तो पात्रलाई छनौट गर्ने भन्ने विशेष ख्याल राख्नुपर्छ र सम्मानित वा पुरस्कृत हुने पात्र स्वयंले पनि आपूmले प्राप्त गरेको सम्मान र पुरस्कारका लागि आपूm योग्य पात्र हुँ वा होइन ? भनेर आत्ममूल्याड्ढकन गर्नुपर्ने हो तर यस दिशातर्पm पनि सम्मान वा पुरस्कार लिनेदिने दुवैको ध्यान आकृष्ट हुन सकेको छैन । एउटै सम्मान वा पुरस्कार एकपटक पाइसकेपछि पुनः दोस्रो–तेस्रो पटक पनि आपैmले पाउन पाए हुन्थ्यो भन्ने चाहना राख्नेहरू पनि हाम्रो समाजमा कम छैनन् । प्रमुख अतिथि, विशिष्ट अतिथि र प्रतियोगिात्मक कार्यक्रममा निर्णायक मण्डललाई मात्र होइन सहभागीहरू सबैलाई समेत सम्मानपत्र र कदरपत्र दिन रुचाउने संघसंस्थाहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आपूmलाई प्राप्त भएको पदक, पुरस्कार वा सम्मानपत्रको कहीँकतै चर्चा नभइदिए हुन्थ्यो र कसैले नदेखिदिए हुन्थ्यो भनेर दराजमा थन्क्याउनुपर्ने बाध्यता पनि कतिपय सम्मानित र पुरस्कृत व्यक्तिहरूसँग होला । जबसम्म यस किसिमका दुष्प्रवृत्ति वा विकृतिहरू मौलाइरहन्छन् तबसम्म पदक, पुरस्कार र सम्मानको विशेष महत्त्व र गरिमासमेत उच्च रहन सक्तैन ।
(गैँडाकोट–१, विकासचोक निवासी लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत कालिका संस्कृत विद्यापीठको सहप्राध्यापक पदमा सेवारत छन् ।)

Share.

Leave A Reply