कावासोती ५ कि ७७ वर्षिया वृद्धाको कोरोनाका कारण मृत्यु

0


असोज २०, गैंडाकोट । पूर्वी नवलपरासीको कावासोतीका एक वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत कावासोती नगरपालिका वडा नम्बर ५ कि ७७ वर्षिया वृद्धाको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।
उनी पिसाब तथा स्वासप्रश्वासको विरामी रहेको अस्पतालले जनाएको छ । उनमा उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याबाट पनि पिडित रहेको अस्पतालले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
यहि असोज १६ गते अस्पतालमा भर्ना भएकोमा असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज विहान ३ः४५ वजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । यो सँगै नवलपुरमा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।

Share.

Leave A Reply