सकेसम्म घरभित्रै लैजाने सोचको उपज प्रदेश ५ को विवाद हो ः नेता कडेँल

0

गैंडाकोट, असोज २० । नेपाली काँग्रेसका नेता देवेन्द्रराज कडेँलले प्रदेश नम्वर ५ को विवादमा काँग्रेस कम्युनिष्ट दुवै जना दोषी भएको तर जनताको सर्वोच्च प्रदेशसभामा रहेका भौतिक सम्पतीको क्षतीमा उत्रने आफ्नै पार्टीका सांसदहरुले गल्ती गरेको बताउनुभयो ।

 

काँग्रेस वहुमत र शान्तिपूर्ण विरोधलाई मात्रै समर्थन गर्ने भन्दै भौतिक आक्रमण र क्षतीमा उत्रनेलाई कडा कारवाही हुन जानकारी दिनुभयो । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उहाँले अहिले कोरोनाका कारण केन्द्रीय समितिको बैठक प्रभावित भइरहदा ढिलाई भएपनि पार्टीले यो घटनालाई गम्भीरतापूर्वक लिएको र तोडफोडमा उत्रनेहरुलाई कारवाही गरिने बताउनुभयो । पार्टी प्रवक्ताको धारणा आइसकेको भन्दै घटनालाई ढाकछोप नगर्ने प्रष्ट पार्नुभयो ।

तर प्रदेशको राजधानी सकेसम्म आफ्नै जिल्लामा हुनुपर्छ भन्ने सोचले यी घटना भएको बताउनुभयो । नेता कडेँलले जहाँ अविकसित भएको ठाउँ छ र सवैको पायक पर्छ त्यहाँ राजधानी तोक्नु पर्ने र विकास थाल्नुपर्ने बताउनुभयो । नेता कडेँलले भन्नुभयो,“चुनाव जित्न वुटवल राजधानी हुन्छ भन्दै नेताहरु हिँडे । मैले पहिला देखिनै भन्दै आएको के हो भने जहाँ शहर छ त्यहाँ होइन राजधानी वनाउने ति त स्मार्ट सीटि बनाउने हो । राजधानी त जहाँ खेतीयोग्य जमिन कम छ जहाँ विकासका कार्य भएका छैनन त्यहाँ तोकेर त्यस ठाउँको विकास गर्नुपर्छ । तर त्यो कसैले सुनेन् ।”

अहिले हेडौँटा, पोखरा लगायतमा राजधानी तोक्नुले विकास नपुगेको ठाउँका जनताले संघीयताको अनुभव गर्न पाएनन् । सवैलाई आफ्नै जिल्लामा त्यहाँ नभए समुदायमा त्यहाँ नभए घरभित्र आउनुपर्छ भन्ने सोच विकसित हुनुनै संघीयताप्रति जनताको आक्रोश बढ्दै गएको र यसतर्फ सवै काँग्रेस कम्युनिष्ट गम्भीर भएर जनताको समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो ।

Share.

Leave A Reply