एक महिलाले जन्माइन पाँच जना शिशु

0

असोज १९ । काठमाण्डौँको थापाथलीमा रहेको प्रसूति गृहमा २८ वर्षिया सोनिका तामाङले पाँच जना शिशुलाई जन्म दिनुभएको छ । नुवाकोट घर भएकी उहाँको आज बिहान शल्यक्रिया गरी शिशु निकालिएको हो । गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि आकिस्मक शल्यक्रिया गर्नु परेको चिकित्सकले बताएका छन् । एक जना शिशु पेटभित्र मृत्यु भएपछि अन्यलाई पनि असर पर्न सक्ने भन्दै शल्यक्रिया गरिएको हो ।
जन्मिएका सबै शिशु छोरी हुन् भने मृत छोरा थिए । उनको तौल सामान्य ९२।३ केजी० भन्दा कम छ । शिशुहरुको तौल १.८, १.९, १.६ र ८०० ग्रामका छन् । जीवित जन्मिएकामध्ये तीन शिशुलाई अहिले अर्ब्जभेसनका लागि वार्डमा राखिएको छ भने कम तौल भएकालाई भने एनआईसीयू राखेर उपचार गरिएको बताइएको छ ।

Share.

Leave A Reply