प्रदेश ५ को राजधानी र नाम तोक्ने विषय विवादमा ः सांसद बैठकमै तोडफोडमा उत्रिए

0

असोज १९ । प्रदेश नम्वर ५ को स्थायी राजधानी र नाम मन्त्रिपरिषदबाट पास गरी प्रदेशसभा बैठकमा पेस गरेपछि काँग्रेसका सांसदले कुर्ची, टेवल माइक फुटाएका छन् ।

सोमबार दोस्रोपटक बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका लागि पेस गर्न समय दिनुभएको थियो । नाराबाजी र प्रदर्शन गरिरहेका सांसदहरूले मन्त्री केसीलाई ‘रोष्टम’ जान अवरोध गरेका थिए ।

उनीहरुले सत्तापक्षले सर्वसत्तावाद लाद्न खोजेको भन्दै नाराबाजी गरिरहेका थिए । कांग्रेस सांसदहरूबाट फुत्किएर रोष्टममा पुग्नुभएका मन्त्री केसीले नाराबाजीकैक्रममा नामाकरण लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्ताव छलफलका लागि पेस गर्नुभएको थियो ।

मन्त्री केसीले प्रस्ताव पेसगरे लगत्तै नाराबाजीमा उत्रिएका कांग्रेस सांसदहरुले आफू बस्ने कुर्सीछेउ पुगेर कुर्सी उचालेर तोडफोडमा उत्रिए ।कांग्रेस सांसद वसिउद्दिन खाँ, अष्टभुजा पाठक र वैजनाथ कलवारले कुर्सी उचालेर प्रहार गरेका थिए । प्रदेशसभाको बैठक भोलि सम्मका लागि स्थगित भएको छ ।

Share.

Leave A Reply