गैंडाकोटमा घरमा ट्रस्टको काम गर्ने क्रममा लड्दा एक जनाको मृत्यु

0


प्रेम क्षेत्री
असोज १९, गैंडाकोट । गैंडाकोटमा घरमा ट्रस्टको काम गर्ने क्रममा अचानक पिल्लर ढली लड्दा एक जनाको मृत्यु भएको छ ।
बिहान करिब १० बजे गैंडाकोट २ भिम मार्ग स्थित दुर्गादत्त गौतमको बन्दै गरेको ३ तले घरमा ट्रस्टको काम गर्ने क्रममा लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । घटनामा परि बारा अमलेखगञ्ज नगरपालिका ५ का २८ वर्षका आदर्श ठाकुरको ज्यान गएको उहाँले बताउनुभयो । उनि गैंडाकोट वडा नम्बर १ मा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ ।
३ तले घरमा ट्रस्टको काम गर्ने क्रममा अचानक पिल्लर ढली माथिबाट भुईमा खसी घाईते भई उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाईएकोमा उपचारको क्रममा साढे ११ बजे चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा अन्य अनुसन्धान कार्य जारी रहेको पनि जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

Share.

Leave A Reply