देवचुली नगर कार्यपालिकाको कार्यालय ५ दिनका लागि बन्द

0


असोज १९, देवचुली । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि देवचुली नगर कार्यपालिकाको कार्यालय ५ दिनका लागि बन्द गरिएको छ ।

नगर कार्यपालिकाको कार्यालयमा कार्यरत स्वास्थ्य शाखा र प्राविधिक शाखाका कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएपछि सेवाग्राहीलाई हुन सक्ने संक्रमणबाट जोगाउन कार्यालय वन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले जानकारी दिनुभयो । अन्य कर्मचारीमा समेत कोरोनाका लक्षणहरु देखिन आएको भन्ने सूचना प्राप्त भएकाले कार्यालय निर्मलीकरणका गर्न पनि कार्यालय वन्द गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।

कार्यालय वन्द भएसँगै कार्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अत्यावश्यक सेवा बाहेकका सेवा प्रवाह पनि वन्द छन् । कर्मचारी छनोट कार्यक्रम समेत स्थगित गरिएको सूचना प्रकाशन गरिएको छ । नगर कार्यपालिकाको कार्यालय वन्द भएसँगै सोही कार्यालयबाट प्रदान गरिदै आएका वडा कार्यालय पनि वन्द रहेका छन् । अन्य वडा कार्यालयहरुबाट प्रवाह हुने सेवाहरु भने सुचारु रहेका छन् ।

Share.

Leave A Reply