विभिन्न मुद्दामा फरार २३ अपराधिहरु नवलपुर प्रहरीद्धारा पक्राउ

0

गैंडाकोट, असोज १९ । जिल्ला प्रहरी कार्यालय नवलपुरले विभिन्न मुद्दामा फैसला भई अदालतद्धारा सजाय तोकिएका तर फरार रहेका २३ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनवहादुर खाँणले दिएको जानकारी अनुसार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत पेश गरिएको छ ।
पक्राउ पर्नेहरुमा जालसाजी मुद्दामा ५ हजार ७६२ रुपैया जरिवाना तिनुपर्ने तर फरार रहेका ४ जना, केही सार्वजनिक अपराध मुद्दाका ९ हजार ८५० जरिवाना तिनुपर्ने ३ जना, लागु औषधका १२ हजार जरिवाना भएका १ जना, सवारी ज्यान मुद्दाका ६ महिना २ दिन र ८ हजार ५ सय जरिवाना भएका ६ जना, लुटपिट मुद्दाका ५० रुपैया जरिवाना तिनुपर्ने १ जना, चोरी अन्य मुद्दाका २२ दिन र ४ हजार २९० जरिवाना तिनुपर्ने १ जना, कुटपिट का २१ दिन र १२ सय ६६ रुपैया जरिवाना भएका ३ जना, करकापका २ सय रुपैया जरिवाना तिनुपर्ने १ जना, कर्तव्य ज्यानका ६ महिना २० दिन कैद भुक्तान गर्नुपर्ने १ जना र गाली बेइजती मुद्दामा ६६ रुपैया जरिवाना तिर्नुपर्ने २ जना रहेको प्रवक्ता खाँणले बताउनुभयो ।

 

यसरी २३ जनाले कैद भोग्नुपर्ने १ वर्ष २ महिना ५ दिन र ४१ ह्जार ९८४ रुपैया कुल जरिवाना तिर्नुपर्ने २३ जना विभिन्न मितिमा पक्राउ गरिएको हो ।

Share.

Leave A Reply