२४ घण्टामा १ हजार ३२९ जना कोरोना संक्रमित डिस्चार्ज भए, २ हजार २५३ नयाँ संक्रमित थपिए

0

असोज १८, गैंडाकोट
नेपालमा २४ घण्टामा १ हजार ३२९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन । हालसम्म डिस्चार्ज हुनेको संख्या भने ६४ हजार ६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार सात सय ८४ जनाको नमुना परीक्षण गर्दा दुई हजार दुई सय ५३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ८६ हजार आठ सय २३ पुगेको छ ।
अब नेपालमा २२ हजार दुई सय १९ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Share.

Leave A Reply