गैंडाकोट नगरपालिकामा १ जना जनप्रतिनिधि र १ जना सरसफाइको कर्मचारी सँगै आज १३ जनामा कोरोना संक्रमण पुष्टी ।

0


गैंडाकोट, असोज १८
गैंडाकोट नगरपालिकामा १ जना जनप्रतिनिधि र १ जना सरसफाइको कर्मचारी सँगै आज १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पोखरा परिक्षणका लागि पठाईएको स्वाव मध्ये आज ९ महिला सहित १३ जनामा संक्रमण पुष्टी भएको गैंडाकोट नगरपालिका नगर स्वास्थ्य प्रमुख झलकराज पौडेलले जानकारी दिनुभएको छ ।

उहाँले गैंडाकोट वडा नम्बर २ का २०, २० र २१ बर्षीय ३ जना महिला, गैंडाकोट वडा नम्बर ४ का ४१, २० र १८ बर्षीय महिला , गैंडाकोट ११ का ४९ बर्षीय पुरुष र ४७ बर्षीय महिलामा कोरोना कोभिड १९ पोजेटिभ देखिएको जानकारी दिनुभएको छ ।
गैंडाकोट ५ का ४३ बर्षीय महिला, गैंडाकोट ८ का ३४ बर्षीय पुरुष र गैंडाकोट वडा नम्बर ७ का २२ बर्षीय महिलामा पनि कोरोना पुष्टी भएको छ ।

Share.

Leave A Reply