काँग्रेस नेता गगन सहित चार केन्द्रीय सदस्यमा कोभिड १९

0

असोज १८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापा सहित ४ केन्द्रीय सदस्लाई कोरोना संक्रमण पुष्टी भएको छ । असोज १९ मा बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकका लागि असोज १५ मा पदाधिकारी, केन्द्रीय सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी दुई सय ७० जनाको कोरोना परीक्षण भएको थियो । जहाँ ४ केन्द्रीय सदस्यमा संक्रमण देखा परेको हो ।

अन्य सक्रमितहरुमा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई संक्रमण पुष्टी भएको हो । १५ जना केन्द्रीय सदस्यको पुनः परीक्षण गरिने भएको छ भने केहीको रिपोर्ट आउन बाँकी रहेको काँग्रेसले जनाएको छ ।

आफूलाई संक्रमण पुष्टी भएको खवर संचारमाध्यमबाट थाहा पाउनुपरेको भन्दै नेता केसीले भने सामाजिक संजालमा असन्तुष्टी पनि जनाउनुभएको थियो । उहाँले लेख्नुभएको थियो , ”१५गते नेका पार्टी अफिसमा गरिएको स्वाब संकलनमा कोभीड१९पोजिटिभ भएको रिपोर्ट रातोपाटी र नबकान्ती पुर बाट थाहाभयो।

पार्टी बाट अझै खबर नहुनु दुःखद र खेदजनक छ।आजै देखि सेल्फ क्वारेन्टाइन मा छु । म संग सम्पर्क मारहनु भएको साथीहरूलाई परीक्षण गर्न र मेरो स्वास्थ्य ठिक रहेको कुरा आग्रह गर्दछु ।”

Share.

Leave A Reply